सुदूरपश्चिममा उपनिर्वाचनको तयारी शुरू
आगामी १४ मंसीरमा हुने उपनिर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशमा शुरू भएको छ।

प्रदेशका रिक्त स्थानीय तहमा हुने निर्वाचनका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले तयारी थालेका हुन्।

सुदूरपश्चिममा पाँच जिल्लाका सात स्थानमा उपनिर्वाचन हुँदैछ।

स्थानीय तहका सात वडाध्यक्ष पदका लागि उपनिर्वाचनको तयारी कार्यालयले शुरु गरेको छ। दलहरुले समेत तयारी अघि बढाएका छन्।

बैतडीमा तीन, कञ्चनपुर, बाजुरा, अछाम र डोटीको एक–एक स्थानमा निर्वाचन हुनेछ।

जिल्ला निर्वाचन कार्यालय कैलालीले दिएको जानकारीअनुसार बैतडीको दोगडाकेदार गाउँपालिका-४, पुर्चौडी नगरपालिका-४ र सुर्नया गाउँपालिका–१ मा उपनिर्वाचन हुन लागेको हो।

कञ्चनपुरको पुनर्वास नगरपालिका-३, बाजुराको त्रिवेणी नगरपालिका-१, डोटीको आदर्श नगरपालिका-२ र अछामको मेल्लेख गाउँपालिका-५ मा वडाध्यक्ष पद रिक्त छन् ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकृत प्रेमराज भट्टले उपनिर्वाचन हुने स्थानमा कार्यालयले तयारी थालेको बताए।

कञ्चनपुरको पुनर्वास नगरपालिका ३ बाहेकका ६ स्थानमा वडाध्यक्षको मृत्यु भएकाले उपनिर्वाचन हुन लागेको हो।

पुनर्वास नगरपालिका ३ मा भने वडाध्यक्ष जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि रिक्त भएको हो।

निर्वाचन कार्यालयले उपनिर्वाचन हुने क्षेत्रका मतदाताको नामावली अद्यावधिक गर्ने काम पनि गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्