काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीका कारण विदेशमा अलपत्र परेकामध्ये हालसम्म ४६ हजार ३१२ नेपालीको उद्धार गरिएको छ।
गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट उनीहरूको उनीहरूको उद्धार गरिएको एनआरएनएले जनाएको छ।
उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५०१ जना छन्। साउदी अरेबियाबाट ६ हजार ९९७, मलेसियाबाट ६ हजार ७९४, कुवेतबाट ६ हजार ३२९ र कतारबाट ५ हजार २५१ जनाको उद्धार भएको छ।
अफगानिस्तानबाट ३३, ओमानबाट ६३६, म्यानमारबाट २६, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ७२०, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९,सिंगापुरबाट २९७, हङ्कङबाटबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८, टर्कीबाट ११० जना स्वदेश फर्किएका छन्।
त्यस्तै फिलिपिन्सबाट २०१ जना, स्वीट्जरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट २५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट ५ जना जापानबाट एक हजार २३ जनालाई ल्याइएको छ।
भारतबाट हवाई उडानमार्फत ८५ जना आएका छन् भने स्थलमार्ग हुँदै आएकाहरूको तथ्यांक भने एकिन छैन।
" /> काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीका कारण विदेशमा अलपत्र परेकामध्ये हालसम्म ४६ हजार ३१२ नेपालीको उद्धार गरिएको छ।गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट उनीहरूको उनीहरूको उद्धार गरिएको एनआरएनएले जनाएको छ।

">