त्यो दिन फेरि घाम उदायो।
घाम त अघिल्लो दिन पनि उदाएको थियो–उसैगरी।
आजको घाम पनि अघिल्लै दिनको जस्तो गरी अस्ताउला ?
सायद, समयले यही सोंचिरहेको हुँदो हो। घामका किरणसँगै ब्युझिएको थियो समय पनि।
घाम उदाउँथ्यो होला एउटा सोचेर, तर अस्ताउँथ्यो अर्कै भएर।
लय बिग्रिएको थियो घामको। घाम उदाउने र अस्ताउने मात्र गर्दैनथ्यो, आफूसँगै अस्ताएर लैजान्थ्यो कयौँ सपनाहरू। र, टुहुरा बनाएर जान्थ्यो फूलहरूलाई। विधुवा बनाएर जान्थ्यो, सपनाहरूलाई।
‘ओइ.. बाबु यहाँ आउ त !’
२०५८ सालको एक बिहान, (महीना बिर्सिएँ) कसैले घरभन्दा माथिको मूल बाटोबाट बोलायो।
म र साथी विश्वप्रकाश चन्द घर नजिकैको खलोमा मोजाको बल (भकुण्डो) खेलिरहेका थियौँ। मुवाँ (आमा)हरू बिहानै घाँस लिन जंगल गइसकेका थिए। हरेक दिन स्कुल जानुअघि हामी यसरी नै भकुण्डो खेलेर समय बिताउँथ्यौँ। गृहकार्य स्कुलबाट फर्केकै साँझ सकिन्थ्यो।
उसो त गृहकार्य कति नै पो हुन्थ्यो र !
साविक पुन्मा गाउँ विकास समिति (जाजरकोट)–४, ईबर र वडा नम्बर ३ छिप्रेनामा हाम्रो घरजग्गा थियो। वर्षमा लगभग आधा/आधा समय हामी यी गाउँमा बस्थ्यौँ। अहिले यी दुवै ठाउँमा हाम्रो घरजग्गा छैन। गरिबी र समयले निलिदियो-कप्लक्क।
ज्ञानोदय प्राथमिक विद्यालय, ईबर बाघखोर। जहाँ म पढिरहेको थिएँ। हाम्रो घरभन्दा मुस्किलले २०० मिटर उत्तरपश्चिम टाढा हुँदो हो। र, साथी विश्वको घरभन्दा मुस्किलले १० मिटर। हामी खेल्नका लागि एकअर्काको घर आउजाउ गरिरहन्थ्यौँ। बिहान प्रायः हाम्रै घरमा खेल्थ्यौँ।
नागरिकतामा बुवाको नाम के लेखिएको थियो थाहा थिएन। मैले बुवाको नागरिकता देखेको पनि थिइनँ। तर, कुनै एकदिन मुवाँले भनेको सुनेको थिएँ। मैले धेरै पछि थाहा पाएँ। बुवाको त नागरिकता नै बनेको रहेनछ।
उसले बोलाउनुअघि हामीले उनीहरूलाई देखिसकेका थियौँ। हातमा हतियार बोकेका, गोलीगठ्ठाको झोला बोकेर कम्ब्याट ड्रेस लगाएका मान्छेहरू घरमाथिको बाटोनजिकैको बाँझोमा बसिरहेका थिए। गाइँगुइँ गरिरहेका थिए। तर, हामीले (मैले) प्रष्ट सुनेका थिएनौँ।
उनीहरूलाई देखेपछि म घरि यता घरि उता फर्याकफ्रुक गरिरहेको थिएँ। किन किन मन रोमाञ्चित भइरहेको थियो। उनीहरू शाही नेपाली सेना हुन् भन्नेमा मलाई कुनै सन्देहः थिएन। किनकी, यसअघि पनि गाउँमा आएका शाही सेना देखिसकेको थिएँ। मलाई उनीहरूमध्ये कसैले बोलाओस् नै भनेर फर्याकफ्रुक गरिरहेको थिएँ। अलि चञ्चले स्वभावको थिएँ। मलाई बन्दुक हेर्न खुब रहर लाग्थ्यो।
माथि बाटोतिर हेरेँ, बायाँ छातीमा सञ्चार सेट बोकेको मान्छेले मलाई बोलाइरहेथ्यो (साथी विश्वलाई पनि हुन सक्छ)। तर, म नै कुद्दै गएँ। त्यहाँ पुग्दा मैले तलबाट देखेका भन्दा धेरै शाही सेनाहरू देखेँ। कोही अलि पर पूर्वपश्चिम, उत्तरदक्षिण फर्किएर उभिएका थिए। तिनका हातहरू ट्रिगरमै थिए। आँखा एकदमै चनाखा थिए। बन्दुकका नालहरू पनि अहिले नै गोली निकाल्लान् कि जस्तो गरि सोझिएका थिए।
ओहो ! दुई वटा हतियार त खुट्टा टेकाइएका पो रहेछन्।
पहिलोपटक खुट्टा टेकाइएका हतियार देखेर अनौठो लाग्यो। यसअघि ब्यारेलको बाहिरपट्टी प्वालैप्वाल भएको हतियार त देखिसकेको थिएँ। तर, पहिलोपटक खुट्टा टेकाइएको बन्दुक पनि देखेँ।
‘माओवादीलाई चिन्छस् ?’ योपटक उसले अलि रुखो पाराले सोध्यो। अघि तिमी भनिरहेकोले यो पटक तँ भन्यो। मेरा बालाई माओवादी पो ठान्यो कि !
‘तिम्रो नाम के हो बाबू ?’ अघि मलाई बोलाउनेवाला सेनाले सोध्यो।
‘राम।’ मैले छोटो जवाफ दिएँ।
‘अनि बुवाको नाम ?’, उसले फेरि सोध्यो।
‘हस्तवीर।’ मैले उसैगरी छोटो जवाफ दिएँ।
नागरिकतामा बुवाको नाम के लेखिएको थियो थाहा थिएन। मैले बुवाको नागरिकता देखेको पनि थिइनँ। तर, कुनै एकदिन मुवाँले भनेको सुनेको थिएँ।
मैले धेरै पछि थाहा पाएँ। बुवाको त नागरिकता नै बनेको रहेनछ।
म अलि ठूलो भइसकेपछि बुवामुवाँ नागरिकता बनाउन सदरमुकाम जानुभयो।
र, नागरिकतामा बुवाको नाम लेखिएको थियो- हस्ते शाही।
मुवाको– कृष्णादेवी शाही।
‘के गर्छन्, बुवाले ?’, उसले फेरि सोध्यो।
मैले बुवाबारे बताएँ– मेरा बुवा कृषक हुन्। इण्डिया पनि जान्छन्। र, अहिले पनि इण्डिया गएका छन्।
यति भन्दा उसले पत्याएन, सायद। अलि नपत्याएको झैं गरि हेर्यो।
नपत्याए बाल !
हाम्रो विवशता यही थियो।
‘माओवादीलाई चिन्छस् ?’
योपटक उसले अलि रुखो पाराले सोध्यो। अघि तिमी भनिरहेकोले यो पटक तँ भन्यो।
मेरा बालाई माओवादी पो ठान्यो कि !
नढाँटी भन्दा म माओवादीलाई चिदन्थेँ। गाउँमा धेरैजना माओवादीमा लागेका थिए। हाम्रै छिमेकी पनि माओवादी थिए। बेला बेला माओवादीहरू घरमा आएर खाना खाएर जान्थे।
तर, मैले उसलाई यो भनिनँ। ‘घरमा माओवादी आएको कुरा भन्नु हुँदैन। शाही सेना र पुलिसले दुःख दिन्छन्’ भनेर सिकाइएको थियो हामीलाई। र, अलि पहिले पुलिसले लात्तीले हाम्रा घरका भाँडाकुडा फालेको बिर्सिएको थिइनँ।
‘नाइँ चिन्दिनँ।’
मैले उत्तर दिइनसक्दै उसले फेरि सोध्यो– ‘माओवादीहरू घरमा आएर खाना खान्छन् ?’
‘तीन/चार महीना पहिले आएका थिए तर, आजभोलि आएका छैनन्’, उसलाई जवाफ दिएँ।
यत्तिमै रोकिने छाँटकाँट देखाएन उसले। फेरि सोध्यो, ‘कस्ता थिए ?’
उसका प्रश्नहरूले मलाई झर्को लागिसकेको थियो। उसको केरकार मन परेको थिएन।
‘यस्तै थिए, तपाइँहरू जस्तै। यस्तै यस्तै कपडा लगाएका थिए। यस्तै यस्तै बन्दुक समाएका थिए’, मैले भनेँ।
‘अनि, हामीलाई चिन्यौ ?’
उसले फेरि तिमी भनेर प्रश्न सोध्यो। मैले कसरी चिन्नु ? उनीहरू शाही सेना हुन् भन्नेमा चाहिँ ढुक्क थिएँ। बाँकी त कसरी चिन्नु !
छेउमा हतियार टेकाएर बसेको अर्को सेनातर्फ देखाउँदै उसले भन्यो- ‘म प्रचण्ड, ऊ बाबुराम।’
मलाई थाहा थिएन, को हो प्रचण्ड। को हो बाबुराम।
उसले भन्दै गयो– ‘हामी माओवादीका कमाण्डर हौँ। तल मटेलामा दुस्मनहरूको क्याम्प बसेको रहेछ। हान्ने भनेर गएका थियौँ। रातभरी कुकुर भुक्दारहेछन्। ब्यारेकभन्दा माथिको वरपिपलको रुखनेरबाट फर्कियौँ।’
के सोच्यो कुन्नि, त्यतिञ्जेल उसले मलाई आफ्नो काखमा राखिसकेको थियो। म पनि लुटपुटिइरहेको थिएँ उसको काखमा। मलाई कुनै डर, त्रास थिएन। रोमाञ्चित पो भइरहेको थिएँ।
मटेलाभन्दा केही माथि देउलीडाँडा नजिकै डाँडोमा शाही सेनाको ब्यारेक बसेकोबारे केही महीना पहिले बुवाले भनेको सुनेको थिएँ।
धेरै लड्ने शाही सेना आएका छन्। ठूला हतियारवाला छन्। माओवादीले हान्न सक्दैनन्। गाउँमा यस्तै हल्ला चल्थ्यो। कोही भन्थे, माओवादीले मटेलाको ब्यारेक हान्दैछन् रे।
उसले आफूहरू माओवादी हौँ भनेका कुरा मैले पत्याइनँ। यसरी हातहतियारसहितका माओवादी देखेको थिइनँ। र, यस्ता कपडा लगाएका पनि। बरु, यस्ता कपडा लगाएका शाही सेना गाउँमा आएको चाहिँ धेरैपटक देखेको थिएँ।
होइन, होइन भन्ने भावमा टाउको हल्लाइरहेँ।

‘कतिमा पढ्छौ ?’
उसले मेरो कपाल सुम्सुम्याउँदै सोध्यो।
‘चारमा।’
‘फस्र्ट, सेकेण्ड केही छौ ?’
‘सेकेन।’
‘स्कुल जाने बेला भएन ?’
‘भयो, अब एकछिनमा जाने हो।’
‘जाउ ड्रेस लगाएर आउ, आज सँगै जाने ल। मलाई पनि लैजाउ तिम्रो स्कुल।’
उसले यति भनेपछि म खुर्र घर कुँदे। कपडा लगाएँ। किताब सुर्के झोलामै थिए। झोला बोकेँ। साथी विश्व र म उनीहरू भएको ठाउँनेर आयौँ।
सञ्चार सेट बोकेको उही सेनाले मेरो हात समायो। हामी सँगसँगै हिड्यौँ। ऊ प्रेमिल भइसकेको थियो। मलाई मायाले बोलाउन थालिसकेको थियो। म पनि यसै यसै पुलकित भइसकेको थिएँ।
‘म आर्मीको क्याप्टेन हुँ। मेरो घरमा पनि तिमीजत्रै मेरो भाइ छ।’
अलिकबेर हिँडेपछि उसले भन्यो।
गाउँमा धेरैपटक शाही सेना आए। जतिपटक शाही सेना आउँथे, उतिपटक म उनीहरूको हुलमा उसकै अनुहार खोज्थेँ। तर, अहँ त्यसपछि ऊ कहिल्यै आएन।
थाहा छैन उसले किन यसो भन्यो। तर, अहिले आएर लाग्छ; हुनसक्छ उसले मलाई देखेपछि आफ्नो सानो भाइलाई सम्झियो। आफ्नो परिवार सम्झियो। मेरा आँखाहरूमा आफ्नो भाइका सपनाहरू देख्यो। मेरा ओठहरूमा आफ्नो भाइको खुशी देख्यो। हुनसक्छ–उसले मलाई आफ्नै भाइ ठान्यो।
के ठेगान थियो र जिन्दगीको ! द्वन्द्वको रापले जलिरहेकको थियो देश। कहाँ कतिबेला के हुने कुनै ठेगान थिएन।
उसले ‘म आर्मीको क्याप्टेन हुँ’ त भन्यो तर, आफ्नो नाम भनेन। मैले पनि सोध्ने ख्यालै गरिनछु।
‘के खान्छौ ?’, स्कुल नजिकैको दोकान (पसल)नेर पुगेपछि उसले सोध्यो।
‘चक्लेट।’
मेरो उत्तरपछि उसले सुन्तला चक्लेट किनिदियो। यति धेरै चक्लेट मैले कहिल्यै कसैबाट पाएको थिइनँ। आफूले किन्ने त परको कुरा।
मलाई काखमा लियो। र, हामी स्कुल गयौँ। उसलाई मैले सरासर हेडसर, मोहन प्रकाश चन्दको कक्षमा लिएर गएँ। उसले त्यसै भनेको थियो। हेडसरको कक्षमा पुगेपछि उसले मलाई जान भन्यो। म कक्षामा गएँ। घण्टी लागिसकेको थियो। पढाई शुरू हुने बेला भइसकेको थियो।
‘म फेरि आउँदा पनि भेट्नुपर्छ हस् ?’
म हेडसरको कक्षबाट बाहिरिँदै गर्दा उसले भनेथ्यो।
मैले सहमतिमा टाउको हल्लाएँ।
०००
गाउँमा धेरैपटक शाही सेना आए।
जतिपटक शाही सेना आउँथे, उतिपटक म उनीहरूको हुलमा उसकै अनुहार खोज्थेँ। तर, अहँ त्यसपछि ऊ कहिल्यै आएन। मटेलाको ब्यारेक (भैरवी/भैरव गुल्म कि भैरवी/भैरव दल गुल्म, यस्तै केही थियो ब्यारेकको नाम), सरेर सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय भएको ठाउँ गइसकेको थियो। बोहोरा गाउँको माथि रहेको ब्यारेक (सायद वीरदल गुल्म, पछि गण हुँदा पनि वीरदल जाजरकोट बसेको थियो) भने यथावत नै थियो। देशमा दिनदिनै द्वन्द्व चर्किरहेको थियो। रेडियोले भिडन्त भएका, शाही सेना र माओवादी मरेका समाचार दिइरहन्थ्यो।
धन्न ! जाजरकोटमा चाहिँ सेनाको ब्यारेकमा आक्रमण भएको थिएन। र, कहिल्यै भएन पनि।
‘उनीहरूलाई शाही सेनाले मारेछन्। एउटाको टुप्पी समेत उछिट्टिएको छ, रगतै रगत छ’, त्यहाँ पुगेर फर्किएको कसैले सुनायो। मैले मलाई चक्लेट दिने क्याप्टेनलाई सम्झिएँ।
गाउँमा फेरि सेना आए। योपटक सेना मात्र होइन सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि थिए। क्याप्टेनले मलाई चल्केट दिएको धेरै समय भइसकेको थियो। म पाँच कक्षामा उक्लिसकेको थिएँ।
त्योपटक आउँदा शाही सेना र पुलिसको अनुहारमा कालो मोसो दलिएको थियो। अनुहार नचिनिने बनाएका थिए। टाउकोमा हेल्मेट लगाएका थिए। र, घाँसका फुर्का कोचेका थिए, हेल्मेटहरूमा।
मैले फेरि उसलाई खोजेँ। सेनाको हुलबाटै ओहोरदोहोर गरेँ। कतै ऊ छ कि, उसले बोलाउँछ कि ! मनमा आशा जिवितै थियो।
त्यो भीडमा मैले उसलाई देखिनँ। तर, सेनाको हुलमा गाउँका तीन जना मान्छे देखेँ। उनीहरू सबैको हात पछाडि बाँधिएको थियो। दुई जना ईबर र एक जना छिप्रेनाका थिए। म उनीहरू तीनै जनालाई सामान्य चिन्थेँ। एकजनाको परिवारका केही सदस्य माओवादीमा हिँडेका थिए। तर, ऊ माओवादीमा हिँडेको थिएन।
ड्याम्...
ड्याम्...
ड्याम्...
ड्याम्...
हाम्रो घरभन्दा माथि मूलबाटो पछाडिको डाँडामा चारपटक बन्दुक पड्किएको आवाज आयो। हामी स्कुलको चौरमा खेलिरहेका थियौँ। बन्दुक पड्केपछि हामी भन्दा सिनियर केही विद्यार्थी त्यता जान खोजे तर, सेनाले जान दिएनन्।
मनमा चिसो पसिसकेको थियो। कतै अघि उनीहरूले हात बाँधेका मान्छेलाई...!
मन डराइरहेको थियो। शाही सेना त्यहाँबाट गएको केही समयपछि स्कुल नजिकको दोकानमा जम्मा भएका केही गाउँले र हाम्रो स्कुलका केही विद्यार्थी बन्दुक पड्केको ठाउँतिर गए। हामी डरले जान सकेनौँ।
‘उनीहरूलाई शाही सेनाले मारेछन्। एउटाको टुप्पी समेत उछिट्टिएको छ, रगतै रगत छ’, त्यहाँ पुगेर फर्किएको कसैले सुनायो।
मैले मलाई चक्लेट दिने क्याप्टेनलाई सम्झिएँ।
०००
प्रिय क्याप्टेन !
उतिबेला मात्र होइन, मैले तपाइँलाई अहिले पनि सम्झिरहेको छु। विश्वास छ द्वन्द्वको जर्जरलाई तपाइँले जित्नुभयो होला। अब त तपाइँको भाई पनि म जत्रै सायद म भन्दा पनि ठूलो भइसके होलान्।
थाहा छ ? म पनि ठूलो भइसकेँ नि !
म कयौँपटक जाजरकोटको आर्मी ब्यारेक पुगेको छु। र, सम्झिएको छु तपाइँलाई। मेरा आफन्त र साथीहरू पनि सेनामा छन्। जब जब उनीहरूलाई भेट्छु, तपाइँको सम्झना आउँछ।
समयले कुनै दिन भेट्टाउला हामीलाई ?
सायद, तपाइँ रिटायर्ड पनि भइसक्नुभयो कि !? मैले त तपाइँको अनुहार पनि बिर्सिसकेँ। ऊबेला नाम भनेको भए अहिले याद आउँथ्यो कि !
उतिबेला चिन्दैनथिएँ को हुन् प्रचण्ड र को हुन् बाबुराम ? समयक्रमले उनीहरूलाई चिनायो।
यद्यपी, आज पनि मानसपटलमा भने उही कम्ब्याट ड्रेस, उही सञ्चार सेट र तपाइँसँगको उही सम्वाद याद आउँछ।
र, घरिघरि तपाइँले भनेको कुरा गुञ्जिरहन्छ : म प्रचण्ड, ऊ बाबुराम !
" /> त्यो दिन फेरि घाम उदायो।‘ओइ.. बाबु यहाँ आउ त !’

">