काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीका कारण विदेशमा रहेका १९१ नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
हिजो साँझसम्म नेपालसहित विश्वभर २६४ नेपालीको कोभिड-१९ बाट मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोभिड-१९ बाट ७३ जनाको मृत्यु भएको छ।

यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीहरूमा थप संक्रमण देखिएको छ।
गत साताको तुलनामा मध्यपूर्वका देशहरू कतार, युएई, साउदी अरब लगायतका देशमा संक्रमणको दरमा कमी आएको छ। यो साता अष्ट्रेलिया रहेका थप १४६ नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ ।
समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरूमा सामूहिक रूपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन्।
विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरूको ज्यान गएको छ।
हालसम्म नेपाल सहित ५५ हजार ९२५ जनामा संक्रमण देखिएको छ। ती मध्ये ४७ हजार ४३७ जना संक्रमणबाट मुक्त भएका छन्।
" /> काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीका कारण विदेशमा रहेका १९१ नेपालीको मृत्यु भएको छ।गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

">