दार्चुला। जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै हिजाे दार्चुला छिरिन्। गत मङ्सिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरूका परिवार स्वदेश छिरे पनि पटक्कै खुशी छैनन्। भारतमा हातमुख जोड्न परिवारका साथ गएका उनीहरूले चार महीना मात्रै काम गर्न पाए। गत चैत ११ गतदेखि बन्दाबन्दीले काम गर्न पाएनन्।
“बन्दाबन्दी भएको पनि चार महीना बढी भयो। काम गरेको ज्याला ठेकेदारले पनि दिएको छैन। छाक टार्न खाद्यान्नको जोहो गर्यो, घर आउन खर्च दिएको छैन”, उनले भने, “मजदुरी गरेको पैसा नदिएपछि केही गाउँले डिडिहाटमै बसेका छन् भने १८ जनाको टोली घर जान भन्दै दार्चुला खलङ्गा पुगेका छन्।”
दार्चुला र धार्चुला जोड्ने झोलुङ्गे पुल तर्दै खलङ्गा खुलामञ्चमा आइपुगेका उनीहरू भोकभोकै बसेका छन्। कोरोनाको त्रासका बीच उनीहरूलाई सहयोग गर्न कोही पुगेका छैनन्। ताराका श्रीमान् तिलमान शाही उनी नजिकै घाममै सुतेका थिए। छोरा खेल्दै थियो। ठूलो भारीसँगै पल्टिएका उनीहरूमा स्वदेश छिरेकामा झन् पछुतो छ। सरकारले उद्धार गर्ला भनेरै जन्मस्थान आएका उनीहरू पानीसमेत खान नपाई खुला ठाउँमा बस्न विवश छन्।
सिञ्जा–६ कै राजीनन्दा आचार्यको भारतमा मजदुरी गर्न जाँदा छोरी प्रियङ्का चार महीनाकी थिइन्। अहिले १० महीना भएको छ। दूधे बालकसहित मजदुरी गर्न डिडिहाट पुगेका उनको अनुहार मलिन छ। जेठी छोरी दिया पाँच वर्षकी भइन्। “बूढाबूढी मजदुरी गर्न आएका थियौँ, बन्दाबन्दीले काम गर्न पाइएन। घरको चुलो बाल्नसमेत समस्या भएको छ। काम गरेर पनि पैसा पाइएन”, उनले भनिन्, “काम गरेको पैसा पनि पाएका छैनौँ। घर जान आएका हौँ, तर घर कसरी जाने ? गाडीमा चढ्न सकिने अवस्था छैन। पहिले दुई÷तीन हजारमा पुगिने ठाउँमा अहिले एक लाख ६० हजार तिर्न हामी मजदुरी गरेका मान्छे कहाँ सक्छौँ।”
स्वदेश फर्किन पाँच/सात हजार बोकेर आएका थिए। भोकभोकै घामको तापमा बसेका उनीहरूले सुनाए। जुम्ला तल्लोचन्दनाथ नगरपालिका–८ का मदन विकले भने, “अहिले हामीले भोट दिएका जनप्रतिनिधि पनि उद्धार गर्न सकिँदैन भन्छन्।” १८ जनाको समूहमा पनि ६ जना बालबच्चा छन्। चार महिला छन्। गाउँमै रोजगारी पाएको भए दूधे बालक ल्याएर भारतमा मजदुरी गर्न जाने रहर नभएको उनीहरू बताउँछन्।
रोजगारी गुमाएका छौँ, ठेकेदारले काम गरेको पैसा पनि दिएको छैन, गाउँपालिका र नगरपालिकाले उद्धार गर्न सक्दैनौँ भन्छ। हाम्रो सरकार कहाँ छ। भोट दिएर जिताएका थियौँ, अहिले उद्धार गर्न सक्दैनौँ भने यही चौरमा त्रिपाल टाँगेर बस्नुको विकल्प छैन”, उनले भने।
“उनीहरूलाई गाउँ पठाउनेबारे हामीसँग केही अधिकार छैन, जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले भने, “प्रहरीलाई मात्रै टाउको दुखाइ छ। उनीहरूलाई कसरी पठाउने कहाँ राख्ने अन्योल नै छ।” नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भएर हिजो ४९ जना भित्रिएका छन् भने ४० जना भारत धार्चुला गएको प्रहरीले जनाएको छ। नरेन्द्रसिंह कार्की/रासस
" /> दार्चुला। जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै हिजाे दार्चुला छिरिन्। गत मङ्सिरमा मजदुरी गर्न डिडिहाट पुगेका उनीहरूका परिवार स्वदेश छिरे पनि पटक्कै खुशी छैनन्। भारतमा हातमुख जोड्न परिवारका साथ गएका उनीहरूले चार महीना मात्रै काम गर्न पाए। गत चैत ११ गतदेखि बन्दाबन्दीले काम गर्न पाएनन्।“बन्दाबन्दी भएको पनि चार महीना बढी भयो। काम गरेको ज्याला ठेकेदारले पनि दिएको छैन। छाक टार्न खाद्यान्नको जोहो गर्यो, घर आउन खर्च दिएको छैन”, उनले भने, “मजदुरी गरेको पैसा नदिएपछि केही गाउँले डिडिहाटमै बसेका छन् भने १८ जनाको टोली घर जान भन्दै दार्चुला खलङ्गा पुगेका छन्।”

">