जापानमा कोरोना सङ्क्रमण बढ्दो, अनावश्यक भेटघाट गर्न निरुत्साहन

काठमाडौं। गर्मी विदा सुरु हुँदै गर्दा जापानमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको जापानी अधिकारीले बताएका छन्।

‘बोन फेस्टिवल’को मौसम आएको भए पनि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेसँगै गृहनगरहरूमा प्रान्तका राज्यपालहरूले मानिसलाई अनावश्यक भेटघाट गर्न निरुत्साहित गरेका छन्।

जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित भएकाको सङ्ख्या एक हजार ५६५ पुगेको छ। जापानमा हालसम्म सङ्क्रमित भएकाको कूल सङ्ख्या ४७ हजार ४६४ पुगेको छ।

जापानको तथ्याङ्कमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजबाट जापान आएका ७१२ सङ्क्रमितलाई समावेश गरिएको छैन। उक्त जहाज टोकियोको नजिकको बन्दरगाह शहर योकोहामामा क्वारन्टिनमा बस्ने क्रममा सङ्क्रमित भेटिएका थिए।

जापानमा कोरोनाभाइरस सङ्क्रमणबाट मर्नेहरूको सङ्ख्या अहिले एक हजार ५० पुगेको छ। मृतकमध्ये १३ जना डायमण्ड प्रिन्सेस जहाजका यात्रु थिए।

मन्त्रालयका अनुसार जापानमा कूल १४० सङ्क्रमितमा जटिल समस्या देखिएको छ। र, उनीहरूलाई भेन्टिलेटर तथा सघन उपचार कक्षमा राखी उपचार भइरहेको बताइएको छ।

शनिबार टोकियोमा सबैभन्दा बढी थप ४२९ जनामा सङ्क्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्