करेन्ट लागेर एकजनाकाे मृत्यु <p>काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-९, बानियाँटार बस्ने ३५ वर्षीय सोवित नेपालीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ।</p> <p>काठमाडौं महानगरपालिका-१६, बोहराटारस्थित सञ्जय उप्रेतीको घरमा विद्युत मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो।</p> <p>करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।</p> <p>उपचारको क्रममा ग्रिनसिटी अस्पताल सामाखुशीमा उनको मृत्यु भएको हो। उनी नुवाकोटको पञ्चकन्या गाउँपालिका-२ का हुन्।</p>
प्रतिक्रिया दिनुहोस्