काठमाडौं । रूपन्देही, चितवन र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।

रूपन्देहीको रोहिणी गाउँपालिका-४, छिपागडमा कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

लु २ च ६७५६ नम्बरको कार सडकबाट करिब १० मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सिद्धार्थनगर नगरपालिका–४ का २७ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाइ गाँउपालिका-३ मर्यादपुरका २८ वर्षीय नौसाद दर्जी र नवलपरासीको रामग्राम नगरपालिका पथगावा बस्ने १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको हो।

दुर्घटना परी उनीहरू गम्भीर घाइते भएका थिए। उपचारका लागि भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा उनीहरूको बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा ओमसतिया गाउँपालिका-४ बस्ने ३४ वर्षीय अनिल यादव घाइते भएका छन्। उनलाई उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ।

यस्तै चितवनको कालिका नगरपालिका-२ भट्ट चोकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीय बुद्धिमान दराईको शुक्रबार साँझ मृत्यु भएको छ।

ना ३० प ५४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट दराई गम्भीर घाइते भएका थिए। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। उनको पहिचान प्रहरीले खुलाएको छैन।

यसैबीच सप्तरीको शम्भुनाथ नगरपालिका-१ मा मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय देवनाथ यादवको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ।

ठक्कर दिने स १० प ८४९८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-७ बस्ने २६ वर्षीय अमृत चौधरी घाइते भएका छन्। उनलाई उपचारको लागि युनिक अस्पताल रुपनी पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं । रूपन्देही, चितवन र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।

"> सवारी दुर्घटनामा पाँचजनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा पाँचजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्