काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर-४ सुकेधारा कोरिडोरबाट हात्तीको दाह्रासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँचथरको पौवासारतापका २८ वर्षीय रूद्र लिम्बु, गोरखा अजिरकोट गाउँपालिका-१ का २२ वर्षीय सुवोध देवकोटा र सिन्धुपाल्चोक घर भएका २५ वर्षीय हरि कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-७ मा लिम्बु, काठमाडौं महानगरपालिका-२६ सामाखुशीमा देवकोटा र बूढानिलकण्ठ नगरपालिका-११ बालुवाखानीमा कार्की बस्दै आएका छन्।
उनीहरूलाई हात्तीको दाह्रा किनबेच गर्न लागेको अवस्थामा महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो।
प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर-४ सुकेधारा कोरिडोरबाट हात्तीको दाह्रासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पाँचथरको पौवासारतापका २८ वर्षीय रूद्र लिम्बु, गोरखा अजिरकोट गाउँपालिका-१ का २२ वर्षीय सुवोध देवकोटा र सिन्धुपाल्चोक घर भएका २५ वर्षीय हरि कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

">