काठमाडौं। जिल्ला प्रशासन कार्यालय रूकुम–पश्चिमले त्रिवेणी गाउँपालिकाको लेखा शाखाको कागजातहरू बरामद गरेर अनुसन्धान गरिरहेको जनाएको छ।
अनुसन्धान गरेर सत्य, तथ्य र प्रमाणको आधारमा के भएको हो भन्ने बाहिर ल्याउने प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपेन्द्रराज पौडेलले बताए।
“गाउँपालिकाको लेखा शाखामा लेखापालबाट गडबड भएको भन्ने उजुरी आयो र त्यसपछि हामीले सबै कागजातहरू नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं”, उनले भने, “सत्यतथ्य र प्रमाणको आधारमा के भएको हो भन्ने बाहिर ल्याउँछौं।”
दोषी देखिए कारबाही गरिने पनि बताए।
बिहीबार राति गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी (हेमन्तका भतिजा) सुवास केसी, भाइ विकास केसी र अर्का भतिजा भीमसेन केसी ढोका बन्द गरेर काम गरिरहेको अवस्थामा पक्राउ परेका थिए।
कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म हो। तर, रातको समयमा परिवारका सदस्यहरू लगेर ढोका बन्द गरी काम गर्नु पूरै नाजायज रहेको (सीडीओ) पौडेलले बताए।
उनका अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा लेखापाल केसीले आफू मात्रै लेखापाल भएको हुँदा काम गर्न नभ्याइएकाले राति पनि गर्नु परेको बताएका छन्।
यद्यपि उनीहरूलाई एक रात एक दिन राखेर छाडिएको छ।
जिल्ला प्रहरी कार्यालय रूकुम-पश्चिमले लेखापाल हेमन्तका भाइ विकास सानीभेरी गाउँपालिका-१ को शीतल माध्यमिक विद्यालय पक्रैंयाका प्रधानाध्यापक रहेको र भीमसेन भने जिल्लाकै एक सामुदायिक विद्यालयको शिक्षक रहेको खुलेको जनाएको छ।
लेखापाल केसीमाथि आर्थिक वर्ष ०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रूपैयाँ सिम्रूतुस्थित लक्ष्मी बैंकमा रहेको आफूसहित पत्नी बिर्मा र भतिजा सुवासको नाममा जम्मा गरेको अभियोग लागेको थियो।
उक्त अभियोगपछि गाउँपालिकाले छानबिन गर्न कार्यदल गठन गर्यो। र, सबै रकम उनीहरूले गाउँपालिकाकै खातामा फिर्ता गरेका छन्।
" /> काठमाडौं। जिल्ला प्रशासन कार्यालय रूकुम–पश्चिमले त्रिवेणी गाउँपालिकाको लेखा शाखाको कागजातहरू बरामद गरेर अनुसन्धान गरिरहेको जनाएको छ।अनुसन्धान गरेर सत्य, तथ्य र प्रमाणको आधारमा के भएको हो भन्ने बाहिर ल्याउने प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपेन्द्रराज पौडेलले बताए।

">