काठमाडौं। एमोनियम नाइट्रेट त्यो केमिकल हो जुन विस्फोट हुँदा लेबनानको राजधानी बेरुतमा डेढ सयभन्दा बढी ज्यान गयो भने पाँच हजार अधिकलाई घाइते बनाइदियो।
पछिल्लो पाँच वर्षदेखि यस्तै रसायन भारतको चेन्नईस्थित बन्दरगाहमा पनि राखिएको छ। थोरै होइन, ७४० टन।
भन्सार विभागका एक कर्मचारीका अनुसार चेन्नईबाट २० किलोमिटर पर रहेको मनालीको कन्टेनर फ्रेट स्टेसनमा एमोनियम नाइट्रेट राखिएको छ। आयात नियम उल्लंघन गरेर ल्याइएका कारण २०१५ सालमा पक्राउ गरिएको सो रसायन त्यत्तिकै बन्दरगाहमा राखिएको हो।
भन्सार विभागले भनेको छ, ‘‘जफत गरिएको कार्गो सुरक्षित स्थानमा राखिएको छ। एमोनियम नाइट्रेट राखिएको स्थानमा कुनै वस्ती छैन, यसलाई सुरक्षित ढंगमा राखिएको छ।’’
बेरुत घटनापछि चेन्नईमा पनि यसबारे प्रश्न उठेको छ। सम्बद्ध अधिकारीहरु एमोनियम नाइट्रेट राखिएको स्थान वरपर चुरोट पिउन पनि मनाही गरिएको बताउँछन्। सो क्षेत्रका नेताहरुले सरकारलाई तत्कालै भण्डारण गरिएको एमोनियम नाइट्रेट अन्यत्र सार्न भनिरहेका छन्।
बेरुतमा जुन ढंगमा विस्फोट भयो र त्यसले नोक्सान गर्यो, त्यो भन्दा चेन्नईमा तीन गुणा कम एमोनियम नाइट्रेट राखिएको छ। यो रसायन फर्टिलाइजर उद्योगका साथै विस्फोटका लागि पनि उपयोग गरिन्छ। (बीबीसी)
" /> काठमाडौं। एमोनियम नाइट्रेट त्यो केमिकल हो जुन विस्फोट हुँदा लेबनानको राजधानी बेरुतमा डेढ सयभन्दा बढी ज्यान गयो भने पाँच हजार अधिकलाई घाइते बनाइदियो।पछिल्लो पाँच वर्षदेखि यस्तै रसायन भारतको चेन्नईस्थित बन्दरगाहमा पनि राखिएको छ। थोरै होइन, ७४० टन।

">