काठमाडौं। इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका जाने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न कादिमी अमेरिका आउने निश्चित भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।
राष्ट्रपति कार्यालय ह्वाईट हाउसले यही अगस्ट २० तारिखमा कादिमी अमेरिकाको वासिङ्टन पुग्ने जनाएको छ। “राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमीलाई ह्वाइट हाउसमा अगस्ट २०२० मा स्वागत गर्नुहुनेछ,” ह्वाईट हाउसद्धारा शुक्रबार अबेर जारी वक्तव्यमा भनिएको छ।
वक्तव्यका अनुसार दुई देशबीचको सम्वन्ध संकटमा परिरहेका बेला दुईजना बीचमा भेटवार्ता हुन लागेको हो। दुबैजना बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ।
भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउँदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ।
" /> काठमाडौं। इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी यही अगस्ट महिनामा अमेरिका जाने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न कादिमी अमेरिका आउने निश्चित भएको अमेरिकी अधिकारीहरुले पुष्टि गरेका छन् ।वक्तव्यका अनुसार दुई देशबीचको सम्वन्ध संकटमा परिरहेका बेला दुईजना बीचमा भेटवार्ता हुन लागेको हो। दुबैजना बीचमा इस्लामिक स्टेट (आइएस)का हिंसात्मक गतिविधिहरु नियन्त्रण गर्ने र कोरोनाभाइरसको नियन्त्रणमा सहकार्य गर्ने बारेमा छलफल हुने जनाइएको छ।
भेटवार्ताले वासिङ्टन र बग्दादबीचको दुई पक्षीय सम्वन्धलाई सकारात्मक र बलियो बनाउँदै सुरक्षा, उर्जा, स्वास्थ्य, अर्थतन्त्रलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने विश्वास पनि व्यक्त गरिएको छ।
">