काठमाडौं। घटना २०६० साल कार्तिक ३० गतेको हो। झापाको साविक जलथल हालको हल्दिबारी गाउँपालिका–३ मा मणिकुमार राईको भट्टी पसल थियो। त्यहाँ बिरिकलाल माझी चुरोट किन्न गए। समय साँझको करिब ८ बजे। ४५ वर्षीय माझीलाई राईकी छोरी (पहिचान नुखुलाइएको) ले चुरोट दिइन्। चुरोट लिँदा हात छोइएको आरोप माझीलाई लाग्यो।
पसलमै जलथलका दुर्गा थापा मगर, खेम फुयाँललगायत रक्सी खाँदै थिए। माझीले राईकी छोरीको हात छोएको उनीहरूले पनि सुने। त्यसपछि “बहिनीको हात किन समातिस्” भन्दै मगर, फुँयाल लगायतले माझीमाथि कुटपिट गर्न थाले। राईको भट्टी पसलदेखि करिब ५०० मिटरको दूरीमा माझीको आफन्त विष्णुलाल माझीको घर छ। विष्णुलालको सालोले बिरिकलाको छोरी बिहे गरेका छन्।
विष्णुलालको घरमा बिरिकलाल पाहुना आएका थिए। घरमा खाना खाने बेला भएकोले विष्णुलाल बिरिकलाललाई खोज्न थाले। एकछिनमा उनले मणिकुमारको भट्टी पसलमा हल्लाखल्ला भएको सुने। त्यहाँ पुगे। पुग्दा बिरिकलालमाथि कुटपिट भइरहेको देखे। उनले “मेरो पाहुना हुन् एक चोटीलाइ माफी दिनू” भनि माफ मगाए।
त्यसपछि बिरिकलाललाई घरमा ल्याए। भात खुवाए। आगनमा हावा खाएर बसे बिरिकलाल। विष्णुलाल भने गाउँमा सत्यनारायणको पूजा भएकोले त्यता लागे। उनका छोरीहरू पनि बिरिकलालसँगै आगनमै थिए। जतिबेला बिरिकलालको छिमेकी घरमा श्रीमान् र श्रीमतिबीच झगडा भइरहेको थियो। श्रीमानले श्रीमतिलाई ‘जति गरेनि तँलाइ नहुने’ भन्दै अश्लील शब्द प्रयोग गरेर गाली गरे।
त्यसैबेला विष्णुलालको घरमा आइपुगेका दुर्गालगायतले “ए ! अघि हामीसँग विवाद गर्ने तैं, अहिले हामीलाई गाली गर्ने पनि तैं, किन गाली गरिस्” भन्दै आगनमा बसेका बिरिकलालमाथि फेरि कुटपिट गरे। दाउराको चिर्पट र छालाको बुटले जीउभरी प्रहार गरे। विष्णुलालको छोरीहरूको केही सीप चलेन।
गाउँकै एक घरमा सत्यनारायण पूजामा गएका विष्णुलाललाई एक जना छिमेकीले “तिम्रो घरमा पाहुनालाई कुट्दै छन्” भन्दै खबर गरे। खबरलगत्तै कुद्दै विष्णुलाल घर आए। जतिबेला पनि बिरिकलालमाथि कुटपिट भइरहेको थियो। छुट्याउन खोजे विष्णुलालले। उल्टै उनीमाथि पनि कुटपिट भयो। टोलमा हल्लाखल्ला भयो। त्यसपछि दुर्गालगायत भागे। बिरिकलाल कुटपिटबाट गम्भीर घाइते भए।
उनलाई भोलिपल्ट बिहान मेची अञ्चल अस्पताल उपचार गर्न विष्णुलालले पुर्याए। तीन दिनसम्म अस्पतालले राख्यो। तर, त्यहाँ उपचार सम्भव भएन। सुविधा सम्पन्न अस्पतालमा लानू भनेर रेफर गर्यो। त्यसको दुई दिनपछि अर्थात मंसिरको ४ गते बिरिकलालको मृत्यु भयो। उनी झापाको साविक टाघनडुब्बा–४ का हुन्। हाल उक्त क्षेत्र झापा गाउँपालिका वडा नम्बर–४ भएको छ।
घटना लगत्तै कुटपिटमा संलग्न दुर्गालगायत भने फरार भए। तर, विष्णुलालले जिल्ला प्रहरी कार्यालयमा कुटपिट तथा कर्तव्य ज्यान मुद्दामा कुटपिटमा संलग्नहरूविरुद्ध किटानी जाहेरी दिए। प्रहरीले कर्तव्य गरी मारेका हुन् भनि सनाखतसमेत गराएको कागजातसँगै किटानी जाहेरी, घटनास्थल मुचुल्का, मृतकको लास जाँच मुचुल्का आदि तयार गर्यो। उजुरीका आधारमा प्रहरीले खोजतलास गरिरह्यो।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी निरीक्षक साकारराज पन्तको नेतृत्वको विशेष टोलीले दुर्गालाई मेचिनगर नगरपालिकाको वडा नम्बर–१२ शहरेडाँगीस्थित आफन्तको घरदेखि पक्राउ गरेको छ। “फरार अभियुक्तहरूलाई खोजी गर्ने अभियानको क्रममा उनलाई आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा फेला पार्यौं”, झापाको प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले देखापढीसँग भने, “उनलाई अहिले हामीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं।”
घटनापछि उनी काठमाडौं, भारतको कोलकत्ता, दार्जिलिङसँगै वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबई पनि पुगेको अनुसन्धानको क्रममा खुलेका एसपी कोइरालाले बताए। जिल्ला अदालत झापाले शुक्रबार घटनाको अनुसन्धानका लागि प्रहरीलाई ५९ दिन लामो म्याद थप गरिदिएको छ।
एसपी कोइरालाका अनुसार अनुसन्धानको क्रममा दुर्गालगायतले मुलुकी ऐन २०२० को ज्यान सम्बन्धी महलको दफा १३ बमोजिमको कसूर गरेको देखिएको छ। यस्तो कसूर गर्नेलाई सोही ऐनको सोही महलको १३ (३) बमोजिम जन्म कैद सम्मको सजाय हुन सक्ने व्यवस्था रहेको छ।
" /> काठमाडौं। घटना २०६० साल कार्तिक ३० गतेको हो। झापाको साविक जलथल हालको हल्दिबारी गाउँपालिका–३ मा मणिकुमार राईको भट्टी पसल थियो। त्यहाँ बिरिकलाल माझी चुरोट किन्न गए। समय साँझको करिब ८ बजे। ४५ वर्षीय माझीलाई राईकी छोरी (पहिचान नुखुलाइएको) ले चुरोट दिइन्। चुरोट लिँदा हात छोइएको आरोप माझीलाई लाग्यो।पसलमै जलथलका दुर्गा थापा मगर, खेम फुयाँललगायत रक्सी खाँदै थिए। माझीले राईकी छोरीको हात छोएको उनीहरूले पनि सुने। त्यसपछि “बहिनीको हात किन समातिस्” भन्दै मगर, फुँयाल लगायतले माझीमाथि कुटपिट गर्न थाले। राईको भट्टी पसलदेखि करिब ५०० मिटरको दूरीमा माझीको आफन्त विष्णुलाल माझीको घर छ। विष्णुलालको सालोले बिरिकलाको छोरी बिहे गरेका छन्।

">