काठमाडौं। उत्तरी यमनमा भएको हवाई हमलामा कम्तीमा नौ बालबालिकाको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका एक अधिकारीले यस्तो जानकारी दिएका हुन्। विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा भएको यो तेस्रो हमला हो, जसमा उक्त संख्यामा बालबालिकाको मृत्यु भएको छ। यमनका लागि संयुक्त राष्ट्र संघका मानवीय सहायता संयोगक जिले ग्रान्डका अनुसार हवाई हमलाको सिकार सडकमा हिँडिरहेका महिला, बालबालिका बनेका छन्।
उनले भने, ‘‘यो निकै आश्चर्यजनक र अस्वीकार्य पनि छ।’’ उनका अनुसार अन्य सात बालबालिका र दुई महिला घाइते भएका छन्। यो संख्या प्रारम्भिक मात्रै हो। यसलाई उक्त क्षेत्रमा नियन्त्रण रहेको हुती विद्रोहीमाथि यमन सरकारका समर्थकद्वारा गरिएको हमला मानिएको छ। साउदी अरबको नित गठबन्धनले पर्वतीय उत्तरी यमनको जाव्फ प्रान्तमा ६ हवाई हमला गरेका थिए।
हमलामा २० भन्दा बढी महिला तथा बालबालिकाको मृत्यु भएको अनुमान गरिएको छ। हुती नियन्त्रण क्षेत्रमा पत्रकार तथा सहायताकर्मीको सीमित पहुँछ रहेको छ। यसकारण पनि हमलाबारे तथ्य बुझ्न कठिन छ। नित गठबन्धनका अधिकारीहरूले यसको गम्भीरताका साथ जाँच गरिनु पर्ने बताएका छन्।
गठबन्धन र हुती विद्रोहीबीच वर्षौंदेखि युद्ध चल्दै आएको छ। विद्यालय, अस्पताल तथा अन्य समारोहहरूमा हवाई आक्रमण हुँदै आएको छ। गठबन्धनद्वारा गरिने यस्ता हवाई हमलाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना हुँदै आएको छ। (एजेन्सी)
" /> काठमाडौं। उत्तरी यमनमा भएको हवाई हमलामा कम्तीमा नौ बालबालिकाको मृत्यु भएको छ। संयुक्त राष्ट्र संघका एक अधिकारीले यस्तो जानकारी दिएका हुन्। विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा भएको यो तेस्रो हमला हो, जसमा उक्त संख्यामा बालबालिकाको मृत्यु भएको छ। यमनका लागि संयुक्त राष्ट्र संघका मानवीय सहायता संयोगक जिले ग्रान्डका अनुसार हवाई हमलाको सिकार सडकमा हिँडिरहेका महिला, बालबालिका बनेका छन्।उनले भने, ‘‘यो निकै आश्चर्यजनक र अस्वीकार्य पनि छ।’’ उनका अनुसार अन्य सात बालबालिका र दुई महिला घाइते भएका छन्। यो संख्या प्रारम्भिक मात्रै हो। यसलाई उक्त क्षेत्रमा नियन्त्रण रहेको हुती विद्रोहीमाथि यमन सरकारका समर्थकद्वारा गरिएको हमला मानिएको छ। साउदी अरबको नित गठबन्धनले पर्वतीय उत्तरी यमनको जाव्फ प्रान्तमा ६ हवाई हमला गरेका थिए।

">