दुर्घटनामा तीन जनाको मृत्यु <p>काठमाडाैं।&nbsp;रुपन्देहीमा&nbsp;कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।</p> <p>रोहिणी गाउँपालिका-४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका-४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका-३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका-१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको हो।</p> <p>प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले दिएको जानकारीअनुसार&nbsp;गए राति कार अनियन्त्रित भइ पल्टिएपछि घाइते भएका तीनै जनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो।</p> <p>रासस</p>
प्रतिक्रिया दिनुहोस्