कञ्चनपुर। कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टाइन भवन बनाइने भएको छ। महाकाली नगरपालिकाले नगरपालिका कार्यालय नजिक ती दुवै भवन बनाउन लागेको छ। महाकाली नगरपालिकाको कार्यपालिका बैठकले २० शय्याको आइसोलेसन र ५० शैयाको क्वारेन्टाइन भवन बनाउने निर्णय गरेको हो।
महाकाली नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले कोरोना सङ्क्रमणलाई मध्यनजर गरी आइसोलेसन र क्वारेन्टाइन भवन बनाउन लागिएको बताए। “कार्यपालिका बैठकबाटै आइसोलेसन र क्वारेन्टाइन भवन बनाउने निर्णय गरिएको छ। त्यसअनुसार बजेट व्यवस्था गरी अघि बढ्छौँ” उनले भने। उनुका अनुसार क्वारेन्टाइन र आइसोलेसन भवन निर्माणका लागि जग्गा व्यवस्थापन भैसकेको छ। भवन निर्माणका लागि एक करोड रूपैयाँ भन्दा बढी बजेट लाग्ने अनुमान गरिएको छ।
शिक्षण संस्था सञ्चालन हुने भएपछि विद्यालयमा राखिएका क्वारेन्टाइनको विकल्पमा छुट्टै क्वारेन्टाइन भवन बनाउन लागिएको हो। यसअघि महाकालीका ३३ विद्यालयमा क्वारेन्टाइन राखिएको थियो। तीमध्ये अहिले भानु बहुमुखी क्याम्पसको क्वारेन्टाइन मात्रै सञ्चालनमा छ।
महाकालीका प्रवक्ता सिजालीले क्वारेन्टाइन भवन तयार नभएसम्म कोरोना सङ्क्रमण आशङ्का गरिएका व्यक्तिलाई भानु क्याम्पसमै राखिने बताए। महाकाली नगरपालिकाले आइसोलेसन कक्ष यस वर्ष मात्रै सञ्चालन गर्न लागेको हो। रासस
" /> कञ्चनपुर। कञ्चनपुरको महाकाली नगरपालिकाको दोधाराचाँदनीमा आइसोलेसन र क्वारेन्टाइन भवन बनाइने भएको छ। महाकाली नगरपालिकाले नगरपालिका कार्यालय नजिक ती दुवै भवन बनाउन लागेको छ। महाकाली नगरपालिकाको कार्यपालिका बैठकले २० शय्याको आइसोलेसन र ५० शैयाको क्वारेन्टाइन भवन बनाउने निर्णय गरेको हो।महाकाली नगरपालिकाका नगर प्रवक्ता दिल बहादुर सिजालीले कोरोना सङ्क्रमणलाई मध्यनजर गरी आइसोलेसन र क्वारेन्टाइन भवन बनाउन लागिएको बताए। “कार्यपालिका बैठकबाटै आइसोलेसन र क्वारेन्टाइन भवन बनाउने निर्णय गरिएको छ। त्यसअनुसार बजेट व्यवस्था गरी अघि बढ्छौँ” उनले भने। उनुका अनुसार क्वारेन्टाइन र आइसोलेसन भवन निर्माणका लागि जग्गा व्यवस्थापन भैसकेको छ। भवन निर्माणका लागि एक करोड रूपैयाँ भन्दा बढी बजेट लाग्ने अनुमान गरिएको छ।

">">