खोटाङ। जिल्ला अस्पताल खोटाङमा एक वर्षको अवधिमा ४६० जना महिलाले प्रसुति सेवा लिएका छन्। जिल्लाको एकमात्र १५ शय्याको अस्पतालबाट गत २०७६ असारदेखि २०७७ असार मसान्तसम्ममा ३०३ जनाको सामान्य, १०३ जनाको शल्यक्रिया र ५४ जनाले जटिल किसिमको सुत्केरी सेवा लिएका हुन्।
२०६८ देखि सिइओएनसीको सहकार्यमा प्रसुति सेवा शुरू गरिएको जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७५/७६ मा ३६३ सामान्य, ९१ शल्यक्रिया र ३५ जना महिलाले जटिल किसिमका प्रसुति सेवा लिएका थिए। पछिल्लो समय एनएसआइको सहकार्यमा दक्ष चिकित्सकबाट प्रसुति सेवा सञ्चालन भइरहेको छ।
पछिल्लो समय एमडिजिपि डाक्टरबाट जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि जिल्लाबासीलाई सहज भएको छ। प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर हेलिकोप्टरमार्फत राजधानी काठमाडौंलगायत सुविधासम्पन्न अस्पताल लानुपर्ने महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको हो।
दिक्तेल बजारमा सञ्चालित जिल्ला अस्पतालमा अघिल्लो आर्थिक वर्ष बहिरङ्ग विभागबाट २४ हजार ७०७ जना र आकस्मिक कक्षबाट सात हजार ३०० बिरामीले सेवा लिएका छन्। उपचारका लागि अस्पतालमा आएका १२२ जना बिरामीलाई माथिल्लो स्वास्थ्य संस्थामा पठाइएको कार्यालय प्रमुख रवीन फुँयालले बताए।
२०४८ मा स्थापना भएको अस्पताललाई चालु आर्थिक वर्षबाटै ५० शय्यामा स्तरोन्नति गर्ने तयारी थालिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए। “अहिले पन्ध्र शय्यामा सञ्चालित अस्पताललाई राज्यको नीतिअनुसार ५० शय्यामा स्तारोन्नति गर्ने काम शुरू भइसकेको छ”, उनले भने, “उपचारका लागि अस्पताल आउने सेवाग्राहीलाई जिल्लामै सबै किसिमका सुविधा उपलब्ध गराउन आवश्यक उपकरण खरिद गर्नुका साथै प्रदेश सङ्घमा समन्वय गर्ने कामसमेत भइरहेको छ।” रासस
" /> खोटाङ। जिल्ला अस्पताल खोटाङमा एक वर्षको अवधिमा ४६० जना महिलाले प्रसुति सेवा लिएका छन्। जिल्लाको एकमात्र १५ शय्याको अस्पतालबाट गत २०७६ असारदेखि २०७७ असार मसान्तसम्ममा ३०३ जनाको सामान्य, १०३ जनाको शल्यक्रिया र ५४ जनाले जटिल किसिमको सुत्केरी सेवा लिएका हुन्।२०६८ देखि सिइओएनसीको सहकार्यमा प्रसुति सेवा शुरू गरिएको जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७५/७६ मा ३६३ सामान्य, ९१ शल्यक्रिया र ३५ जना महिलाले जटिल किसिमका प्रसुति सेवा लिएका थिए। पछिल्लो समय एनएसआइको सहकार्यमा दक्ष चिकित्सकबाट प्रसुति सेवा सञ्चालन भइरहेको छ।

">