महोत्तरी। महोत्तरीका मुख्य सबैजसो सडकको अवस्था बिग्रेको छ। यसपालि मध्य असारसँगै शुरू भएको वर्षा साउन मध्यसम्मै रहँदा त्यससँगैको बाढीले गर्दा जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै बनेपछि यस्तो अवस्था बनेको हो।
बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–जलेश्वर, बर्दिवास–रौजा–जलेश्वर र सम्सी–लोहारपट्टी–जनकपुरसहितका मुख्य सडक बाढीले ठाउँठाउँ भत्काएर सवारी साधन चल्न नसक्ने भएका छन्। खाल्डैखाल्डा बढेका र सबैमा फोहर पानी जमेपछि यी सडकमा साइकल, मोटरसाइकलजस्ता साना दुई पाङ्ग्रे साधन चल्न छाडेको पनि एक महीना हुन लागेको छ। खासमा असार अन्तिम साताको ६ दिनसम्मको र साउन पहिलो साताको तीन दिने मुसलधार वर्षाले जिल्लाका सडक खाल्डा र पोखरी बनेका हुन्। यी सबै सडक हुलाकी मार्गअन्तर्गत स्तरोन्नतिको काम थालिएका सडक हुन्।
यद्यपि काम थालिएको दुई वर्ष नाघ्दा पनि परिणाममुखी नतिजा भने नदेखिँदा सर्वसाधारणमा सडक बन्ने आश मरेको छ। यीबाहेक पूर्वपश्चिम राजमार्गको अवस्था पनि अत्यन्त नाजुक छ। पूर्वमा रातु नदीको पुलदेखि पश्चिममा बाँके नदीको पुलसम्मको महोत्तरीमा पर्ने राजमार्ग क्षेत्रमा सयौँ सङ्ख्याका ठूलठूला खाल्डा बनेका छन्।
सडक भत्कन थालेसँगै तत्काल मर्मतसम्भारका काम नगरिँदा सडकको दूरावस्था बढेको हो। अचेल राजमार्गका यी असङ्ख्य खाल्डाखुल्डीले दुर्घटना जोखिम निकै बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास, महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक कैलाश खत्री बताउँछन्।
राजमार्गमा खाल्डाखुल्डीले बढाएको दुर्घटना जोखिम टार्न ट्राफिक प्रहरीले बजारचोक क्षेत्रमा खाल्डा बनेका ठाउँमा ‘ट्राफिक कोण’ बनाएको छ। दिनहुँ खाल्डा बढ्दै जाँदा ‘ट्राफिक कोण’ पनि कति ठाउँ राख्ने भन्ने समस्या बढेको खत्री बताउँछन्। गोपालप्रसाद बराल/रासस
" /> महोत्तरी। महोत्तरीका मुख्य सबैजसो सडकको अवस्था बिग्रेको छ। यसपालि मध्य असारसँगै शुरू भएको वर्षा साउन मध्यसम्मै रहँदा त्यससँगैको बाढीले गर्दा जिल्लाका सबैजसो सडकमा खाल्डाखुल्डी बढ्दै गएर जताततै पोखरीजस्तै बनेपछि यस्तो अवस्था बनेको हो।बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–जलेश्वर, बर्दिवास–रौजा–जलेश्वर र सम्सी–लोहारपट्टी–जनकपुरसहितका मुख्य सडक बाढीले ठाउँठाउँ भत्काएर सवारी साधन चल्न नसक्ने भएका छन्। खाल्डैखाल्डा बढेका र सबैमा फोहर पानी जमेपछि यी सडकमा साइकल, मोटरसाइकलजस्ता साना दुई पाङ्ग्रे साधन चल्न छाडेको पनि एक महीना हुन लागेको छ। खासमा असार अन्तिम साताको ६ दिनसम्मको र साउन पहिलो साताको तीन दिने मुसलधार वर्षाले जिल्लाका सडक खाल्डा र पोखरी बनेका हुन्। यी सबै सडक हुलाकी मार्गअन्तर्गत स्तरोन्नतिको काम थालिएका सडक हुन्।

">