काठमाडौं। कोभिड-१९ संक्रमित प्रहरीको सङ्ख्या दिनहुँ बढेपछि नेपाल प्रहरीले ठूलो सङ्ख्यामा प्रहरीलाई राख्न सक्ने क्षमताको क्वारेन्टाइन बनाएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्जको छेउमै रहेको महानगरीय प्रहरी गणलाई क्वारेन्टाइनको रूपमा विकास गरेको छ। जहाँ ६०० भन्दा बढी प्रहरीलाई राख्न सकिने क्षमता छ।
प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले कोभिड आशंकित प्रहरीलाई राख्न गणलाई क्वारेन्टाइनको रूपमा विकास गरिएको बताए। “संक्रमित प्रहरीको सङ्ख्या बढ्दो छ र यस्तो अवस्थामा आशंका गरिएका प्रहरीलाई राख्न क्वारेन्टाइन बनाइएको हो”, उनले देखापढीसँग भने, “हामी महानगरीय प्रहरी गणमा ६०० बढीलाई राख्न सक्छौं र जुन क्वारेन्टाइन मापदण्डअनुसारको छ।”
देशभरका प्रहरी ब्यारेकहरूले क्षमता अनुसार क्वारेन्टाइन निर्माण गरेका छन्। ब्यारेकहरूले कोभिडको शंका लागेका प्रहरीलाई त्यहाँ राख्दै पनि आएका छन्। प्रहरीले आइसोलेसन वार्डलाई पनि थप्दै लगेको छ। स्वास्थ्यकर्मीसँगै कोभिड विरुद्धको लडाइँमा अग्रमोर्चामा रहेको प्रहरीले स्वास्थ्य सुरक्षा मापदण्डलाई पनि पालना गर्दै आएको छ।
“प्रहरी प्रधान कार्यालयमा शुक्रबारसम्म ९० जना प्रहरीमा संक्रमण देखिएको छ”, प्रहरी प्रवक्ता कडायतले भने, “संक्रमण बढेपछि रोकथाम र नियन्त्रणका लागि भनेर स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा उपायहरूलाई कडाइका साथ पालना गर्न थालेका छौं।”
संक्रमणको त्रासकाबीच प्राकृतिक विपद्हरू बाढी, पहिरो र डुबानबाट पीडित नागरिकको उद्धारमा प्रहरी खटिनु परेको छ। जस्तोसुकै अवस्थामा पेशागत भूमिकामा खरो उत्रिनु पर्ने जिम्मेवारी प्रहरीलाई छ। जसले गर्दा संक्रमित प्रहरीको ‘ग्राफ’ दिनहुँ उकालो लागेको छ। शुक्रबारसम्म संक्रमित प्रहरीको सङ्ख्या २०६ पुगेको छ। त्यसमध्ये ११९ जना निको भइसकेका छन्।
बाँकी संक्रमित प्रहरीको सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु र कोभिड–१९ अस्पतालको रूपमा विकास गरिएको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।
" /> काठमाडौं। कोभिड-१९ संक्रमित प्रहरीको सङ्ख्या दिनहुँ बढेपछि नेपाल प्रहरीले ठूलो सङ्ख्यामा प्रहरीलाई राख्न सक्ने क्षमताको क्वारेन्टाइन बनाएको छ। नेपाल प्रहरी अस्पताल महाराजगञ्जको छेउमै रहेको महानगरीय प्रहरी गणलाई क्वारेन्टाइनको रूपमा विकास गरेको छ। जहाँ ६०० भन्दा बढी प्रहरीलाई राख्न सकिने क्षमता छ।प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुबेर कडायतले कोभिड आशंकित प्रहरीलाई राख्न गणलाई क्वारेन्टाइनको रूपमा विकास गरिएको बताए। “संक्रमित प्रहरीको सङ्ख्या बढ्दो छ र यस्तो अवस्थामा आशंका गरिएका प्रहरीलाई राख्न क्वारेन्टाइन बनाइएको हो”, उनले देखापढीसँग भने, “हामी महानगरीय प्रहरी गणमा ६०० बढीलाई राख्न सक्छौं र जुन क्वारेन्टाइन मापदण्डअनुसारको छ।”

">