१६ वर्षमुनिका सबैभन्दा बढी बलात्कृत
काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत वर्ष १० साउनमा बलात्कारपछि हत्या भयो। उनका हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। बलात्कारी को हो भन्ने पहिचान पनि भएको छैन। प्रहरीले अनुसन्धान भइरहेको बताउँदै आएको छ।
यी दुई प्रतिनिधिमुलक घटना मात्रै हुन्। बर्सेनि बलात्कारका घटना बढ्दै गइरहेका छन्।
नेपाल प्रहरीको केन्द्रीय तथ्यांकलाई हेर्ने हो भने प्रत्येक वर्ष बलात्कारका घटना बढ्दो छ। प्रहरीको पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा यस्तै देखिन्छ।
गत वर्ष जबरजस्ती करणीका दुई हजार दुई सय ३३ मुद्दा दर्ता भएका छन्। त्यस्तै ०७४/७५ मा एक हजार चार सय ८० र ०७३/७४ मा एक हजार एक सय ३७ मुद्दा दर्ता भएका छन्।
यी मध्ये आर्थिक वर्ष ०७५/७६ मा दर्ता भएका मध्ये ९१ प्रतिशत फर्छ्यौट भएका छन्  भने ९ प्रतिशत बाँकी छन्।
गत आर्थिक वर्षकै तथ्यांकलाई हेर्ने हो भने जबरजस्ती करणी मुद्दाका ८९ प्रतिशत अभियुक्त पक्राउ परेका छन्। ११ प्रतिशत अझै फरार रहेका छन्।
प्रहरीको तथ्यांक अनुसार ११ देखि १६ वर्ष उमेर समूहका किशोरी सबैभन्दा बढी बलात्कारको शिकार हुने गरेको देखिएको छ। प्रहरीले देशैभर प्रत्येक वर्ष हुने बलात्कारका घटनामा सो उमेरका मात्रै ४० प्रतिशत रहेको जनाएको छ।
त्यस्तै १९ देखि २५ वर्षका १७ प्रतिशत, १० वर्ष मुनिका १३ प्रतिशत, २६ देखि ३५ वर्षका १२ प्रतिशत, १७ देखि १८ वर्षका १० प्रतिशत, ३६ देखि ४५ वर्षका ४ प्रतिशत, ४६ देखि माथि ४ प्रतिशत रहेका छन्।
बलात्कृत हुने सबैभन्दा बढी ११ देखि १६ वर्ष उमेर समूहका भएजस्तै पीडक पनि १९ देखि २५ वर्ष उमेर समूहका ३९ प्रतिशत देखिन्छन्। पीडकमध्ये २६ देखि ३५ उमेरका २५ प्रतिशत, ३६ देखि ४५ उमेरका १३ प्रतिशत, ४६ देखि माथि १० प्रतिशत, १ देखि १६ वर्षका ६ प्रतिशत र १७ देखि १८ का ६ प्रतिशत छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्