काठमाडौं। देशका केही स्थानमा अहिले भारती वर्षा भइरहेको छ। सिन्धुपाल्चोक, लमजुङ, चितवन र बाजुरा जिल्लाका केही स्थानमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले बाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा प्रदेश ५ का केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरको छ। यस्तै प्रदेश २ र प्रदेश ५ का केही भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
पछिल्लो तीन घण्टायता कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी वर्षा भएको र अझै वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पानी परिरहेका क्षेत्रका साना खोलामा आकस्किम बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्मै सतर्क रहन विभागले अपील गरेको छ।
" /> काठमाडौं। देशका केही स्थानमा अहिले भारती वर्षा भइरहेको छ। सिन्धुपाल्चोक, लमजुङ, चितवन र बाजुरा जिल्लाका केही स्थानमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।अहिले बाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा प्रदेश ५ का केही स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ। यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरको छ। यस्तै प्रदेश २ र प्रदेश ५ का केही भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

">