एअर इन्डिया एक्सप्रेस विमान दुर्घटना: कम्तिमा १४ जनाको मृत्यु, १५ गम्भीर घाइते
काठमाडौं। भारतमा आज भएको एअर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परी कम्तिमा १४ जनाको मृत्यु भएको मालापुरमका एसपीले पुष्टि गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार १९१ जनामध्ये चालकसहित १४ जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन्। त्यस्तै १२३ जना सामान्य घाइते भएका छन्।

स्थानीय समयअनुसार राति पाैने ८ बजे केरला राज्यको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको थियो।

रनवेबाट चिप्लिएको जहाज दुई टुक्रा भएको र आगलागी पनि भएको थियो। घटनालगत्तै १० भन्दा धेरै एम्बुलेन्ससहित उद्धार टोली त्यहाँ पुगेको थियो।

केरलको कोनडोट्टी प्रहरीका अनुसार दुबईबाट आएको एअर इन्डिया फ्लाइट (IX-1344) अवतरणका क्रममा दुर्घटना भएको हो। विमानमा चालक दलका सदस्यसहित १९१ जना रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्