काठमाडौं। कला, संस्कृति र रहनसहनमा पूर्वीय तथा पाश्चात्य अनि प्राचीनता र आधुनिकताको लोभलाग्दो सम्मिश्रण बनी कुनै समय मध्यपूर्वको पेरिस भनेर विशिष्ट पहिचान बनाएको लेबनानको राजधानी बेरुत, इतिहासको पछिलो खण्डमा हुर्किएका पुस्ताहरुको लागि भने विष्फोटको पर्याय भएको छ।

प्रभाकर लुइँटेल

१९७० को दशकको मध्यबाट सुरु भै सन् १९९० सम्म भड्किएको साम्प्रदायिक गृहयुद्धमा धराशायी भएको अर्थतन्त्रपछिको सबैभन्दा ठूलो आर्थिक मन्दी हाल विश्वव्याीरुपमा फैलिएको कोभिड–१९ महामारी र भइरहेको बन्दाबन्दीले निम्त्याएको छ। मंगलबार स्थानीय समयअनुसार १८ः०८ बजे बेरुतको बन्दरगाहमा गैरजिम्मवारपूर्ण भण्डारण गरिएको अमोनियम नाइट्रेट विष्फोटको वास्तविक कारण गम्भीर अन्वेषणपश्चात् मात्रै आकलन गर्न सकिएला। १५ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री राफिक हरारीलगायत २१ जनाको ज्यान जानेगरी हजार केजी टीएनटी विष्फोट गराइएकै स्थान नजिक भएको मंगलबारको विष्फोटले निम्त्याउने बहुआयामिक असरले लेबनानको भविष्य भने थप अन्योलग्रस्त बनाएको छ।

साधारणतया कृषि क्षेत्रमा रासायनिक उर्वरकका रूपमा प्रयोग हुने अमोनियम नाइट्रेट प्राकृतिक उत्खननका बखत साधारण विष्फोटक बनाउन समेत प्रयोग हुन्छ। १९९५ को ओक्लाहोमा विस्फोटन २००२ को इन्डोनेसियाको बालीको विष्फोटन, २०१५ को चीनको तिआन्जिनको विष्फोटनलगायत अन्य थुप्रै औद्योगिक दुर्घटनाहरुमा अमोनियम नाइट्रेटको प्रमुख भूमिका रहेको छ। रसायन वैज्ञानिक रोजन रिडले साइन्स मिडिया सेन्टरलाई बताएअनुसार अमोनियम नाइट्रेट आफैंमा केही हदसम्म सुरक्षित रसायन भए तापनि कुनै पनि किसिमको प्रज्ज्वनशील पदार्थसँगको सामान्य संसर्गमा समेत अधिक खतरनाक साबित हुन्छ।

एभोर ग्रेछुस्किनको स्वामित्वमा रहेको मोल्दोभियन ध्वजाबाहक जहाज ‘एम भी रोस्’, सन् २०१३ मा बेरुत आइपुगेको थियो । २७५० टन एममोनियम नाइट्रेट बोकेर मोजाम्बिकका लागि छुटेको जहाजका मालिक आर्थिक संकटमा परेपछि थप कार्गो ढुवानीका लागि लेबनानतर्फ मोडिएको थियो। बेरुतको स्थानीय अदालतको निर्णयअनुसार जहाज सञ्चालनमा गम्भीर त्रुटि, बन्दरगाह शुल्क छली तथा नाविकहरुको उजुरीका कारण स्थानीय बन्दरगाह अधिकारीले उक्त जहाज नियन्त्रणमा लिएका थिए। तत्कालीन समयमा एमोनियम नाइट्रेट विष्फोटक विशेषताका कारण अन्य जहाजमा सार्न रोक लगाइएपछि सन् २०१४ मा सो एमोनियम नाइट्रेट बेरुत बन्दरगाहकै ह्यांगरमा भण्डारण गरिएको थियो।

युद्ध र आतंकवादले गालिएको बेरुतजस्तो संवेदशील सहरमा यति धेरै परिमाणमा रसायन भण्डारण गरिनु गम्भीर लापरबाही त हो नै साथै उक्त रसायनको पूर्वदुर्घटनाहरुपश्चात् बनेका विभिन्न नियमहरूको समेत उल्लंघन हो।

स्थानीय बन्दरगाह अधिकारीले यस ६ वर्षको अवधिमा विभिन्न समयमा उक्त रसायन पुनः निर्यातका लागि पत्राचार गरेको बताए पनि सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएको जनाइएको छ। युद्ध र आतंकवादले गालिएको बेरुतजस्तो संवेदशील सहरमा यति धेरै परिमाणमा रसायन भण्डारण गरिनु गम्भीर लापरबाही त हो नै साथै उक्त रसायनको पूर्वदुर्घटनाहरुपश्चात् बनेका विभिन्न नियमहरूको समेत उल्लंघन हो।

यसै सन्दर्भमा आफ्ना पूर्वउपनिवेशहरुको आन्तरिक मामिलामा सक्रिय भूमिका खेल्ने फ्रान्सेली प्रवृत्ति, छिमेकी सिरिया, साउदी अरेबिया, इरान आदि राष्ट्रको निहित स्वार्थ, सिया–सुन्नी र क्रिस्चियन समुदायहरुको आपसी द्वन्द्व तथा इजरायलसँगको लामो तीक्ततापूर्ण सम्बन्धका कारण लेबनान विगत लामो समयदेपख नेपथ्यको बाह्य शक्तिहरूको खेलमैदान बन्न पुगेको हो। शक्तिका भोका राजनीतिज्ञ, कुटिल व्यपारीतन्त्र अनि अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको भिडन्तका कारण साम्प्रदायिक हिंसा अनि आन्तरिक युद्धले स्थानीय जनमानस सदैव त्रसित वातावरणमा बस्न बाध्य छ।

यस प्रकारको  विष्फोटन केवल भण्डारण लापरबाहीले मात्र भएको ठुकुवा गर्ने अवस्था छैन, यस अवस्थामा विष्फोटनपश्चात् विभिन्न शंकाउपशंका उब्जिनु जायज नै मान्न सकिन्छ। झन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  ‘दुःखद हमला’ भनेर सम्बोधन गरेपछि नियोजित षड्यन्त्रका परिकल्पनाहरुमा ज्वाला थप्न मद्दत पुगेको छ।

तसर्थ, यस प्रकारको  विष्फोटन केवल भण्डारण लापरबाहीले मात्र भएको ठुकुवा गर्ने अवस्था छैन, यस अवस्थामा विष्फोटनपश्चात् विभिन्न शंकाउपशंका उब्जिनु जायज नै मान्न सकिन्छ। झन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  ‘दुःखद हमला’ भनेर सम्बोधन गरेपछि नियोजित षड्यन्त्रका परिकल्पनाहरुमा ज्वाला थप्न मद्दत पुगेको छ। बेरुतको इतिहासमा साम्प्रदायिक युद्धरत् आन्तरिक तथा बाह्य समूहहरुले एकअर्काविरुद्ध यस प्रकृतिका विष्फोटन आक्रमणका धेरै उदाहरण भेटिन्छन्। तत्कालीन सत्तारुढ प्रधानमन्त्रीकै हत्या गरिएको सन् २००५ को विष्फोटनको अभियोग स्थानीय विद्रोही हिजबुल्ला समूहलाई लगाइएको थियो। त्यही समूहका ४ जना अभियुक्तलाई उक्त हमलाको योजना तथा सञ्चालन गरेको अभियोगमा संयुक्त राष्ट्र संघको ‘लेबनान न्यायाधीकरण’ मा  यही ०७ अगस्त मा सुनुवाई समेत राखिएको थियो जुन मंगलबारको विस्फोटका कारण रद्द गरिएको छ।

समुद्रपार लगभग २५० किमी टाढाको साइप्रससम्म समेत ज्वाराभाटा महसुस गरिएको उक्त विष्फोटनले बेरुतमा गम्भीर असर पारेको छ। हालसम्म १३७ जना मृत्यु भइसकेकोमा यो संख्या अझै बढ्ने आकलन गरिएको छ, साथै लगभग चार हजारभन्दा बढी घाइते र तीन लाखभन्दा बढी विस्थापित छन्। साथै, कोरोनाद्वारा अस्तव्यस्त बनेको स्वास्थ्यव्यवस्थामा थप क्षति पुगेको छ । सोही विष्फोटका कारण बेरुतका दुई मुख्य अस्पताल पूर्णरूपमा ध्वस्त भएका छन् भने अन्य स्वास्थ्य संस्थाहरु समेत अवरुद्ध भएका छन्। यसैगरी, प्रमुख खाद्य वस्तुको लागि पूर्णरूपले आयातमा निर्भर रहेको लेबनानमा अब गम्भीर खाद्य संकट उत्पन्न हुने निश्चितप्रायः छ। विष्फोटनले मुख्य खाद्य भण्डारहरु समेत तहसनहस भएको छ। बन्दरगाहमा समेत पुगेको क्षतिले समस्यालाई झन् जटिल बनाएको छ। नजिक रहेको लेबनानको दोश्रो ठूलो ट्रिपोली बन्दरगाहमा ठूला जहाजहरुबाट गरिने ढुवानीमा असुविधाका कारण पूरै देशमा असर पर्ने देखिन्छ। साथै, विष्फोटनका कारण वातावरणमा पर्न गएको नकारात्मक प्रभाव तथा वायुमण्डलमा रासायनिक चापले निम्त्याउने असरप्रति पनि सजग हुन आवश्यक देखिन्छ।

राहत र सहायताका नाममा हुन सक्ने अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको चलखेलको लागि यस विष्फोटनले उपयुक्त अवसर समेत सृजना गरेको छ । बिहीवार भएको फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनको भ्रमणलाई अर्थपूर्ण दृष्टिकोणले विश्लेषण गर्न जरुरी छ।

मध्यपूर्वको जटिल भूराजनीतिक क्षेत्रमा अवस्थित लेबनानमा दोस्रो विश्वयुद्ध पश्चात् सुरु भएको अस्थिरतामा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको स्वार्थको मूल्य लेबनानी जनताले निरन्तर चुकाउनु परेको इतिहास छ। जनता विभिन्न समूहउपसमूहमा बाँडिदा अनि राननीतिज्ञ सत्ताको मात्र भोका हुँदा देश कसरी पर्दा पछाडिका शक्ति केन्द्रहरुको स्वार्थको बन्दी बन्छ भन्ने कुराको राम्रो उदाहरण लेबनान हो। प्रमुख खाद्य वस्तु आयातमा अनि त्यो पनि एउटा मात्र वन्दरगाहमा भर परेको लेबनानले यस घटनापछि पाठ सिकेर अब आन्तरिक उत्पादन अनि विकल्पहरुको बारेमा सोचेर यस संकटलाई मौकामा बदल्न सक्नु पर्छ।

साथै, संवेदनशील तथा विष्फोटक वस्तुहरुको विषयमा पूरा विश्वले यसै घटनावाट पाठ सिकेर थप गम्भीरता अपनाउनु पर्छ, नत्र यस किसिमको विष्फोटनले निम्त्याउने  आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय, मानवीय, स्वास्थ्यव्यवस्था, खाद्यान्न आपूर्तिलगायतका क्षेत्रमा गम्भीर संकटको सामना गर्नु पर्ने छ। झन् यस्तो महामारीमा थप संकट बढ्दा लेबनानजस्तो अस्थिर देशको भविष्य अझै अन्धकारतर्फ धकेलिएको छ, जहाँबाट मुलुक फेरि सामान्य अवस्थामा फर्कन कठिन छ। तसर्थ, स्थानीय जनमानसको हालको शोक कतिबेला आक्रोशमा बदलिने हो अनि त्यसले केकस्ता परिवर्तन ल्याउने हो भावी दिनहरुले नै निर्क्यौल गर्ने छ।

" /> काठमाडौं। कला, संस्कृति र रहनसहनमा पूर्वीय तथा पाश्चात्य अनि प्राचीनता र आधुनिकताको लोभलाग्दो सम्मिश्रण बनी कुनै समय मध्यपूर्वको पेरिस भनेर विशिष्ट पहिचान बनाएको लेबनानको राजधानी बेरुत, इतिहासको पछिलो खण्डमा हुर्किएका पुस्ताहरुको लागि भने विष्फोटको पर्याय भएको छ।

"> ‘मध्यपूर्वको पेरिस’, विष्फोट र भविष्य: Dekhapadhi हालसम्म १३७ जना मृत्यु भइसकेकोमा यो संख्या अझै बढ्ने आकलन गरिएको छ, साथै लगभग चार हजारभन्दा बढी घाइते र तीन लाखभन्दा बढी विस्थापित छन्।
• अमोनियम नाइट्रेट आफैंमा केही हदसम्म सुरक्षित रसायन हो, तर कुनै प्रज्वनशील पदार्थसँगको सामान्य संसर्गमा समेत अधिक खतरनाक हुन्छ।
• लेबनान फेरि सामान्य अवस्थामा फर्कन कठिन छ।

‘मध्यपूर्वको पेरिस’, विष्फोट र भविष्य

प्रतिक्रिया दिनुहोस्