कुलोमा डुबेर दुईजनाको मृत्यु
<p style="text-align: justify;">दाङ। घोराही उपमहानगरपालिका–१६, तेरौटेका सात वर्षीय आयुश चौधरी र ६ वर्षीय निशान चौधरीको कुलोमा डुबेर शुक्रबार मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">खेल्ने क्रममा डुबेर अशक्त भएका उनीहरूलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>