नाइजेरिया। उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ।
नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समुदायबीच आपसमा गोली हानाहान भएको सरकारी समाचार स्रोतले बताएको छ। तर कुन समुदायबीचमा सो हमला भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन।
बिहीबार राति बिहानीपखबाट सुरू भएको यस बन्दुक आक्रमणमा परी २१ व्यक्तिको ज्यान गएको राज्यका प्रहरी प्रवक्ता मोहमद जालिगले बताएका छन्।
नाइजेरियाको कदुना राज्यको जाङ्गो कताफ क्षेत्रमा यो आक्रमण भएको बताइएको छ।
प्रवक्ताका अनुसार बन्दुकधारीहरूको हालसम्म परिचय खुल्न सकेको छैन।
यद्यपि, स्थानीय मानवअधिकार समूह ‘दक्षिण कदुना पीपुल्स युनियन’ले बिहीबार प्रकाशित एक विज्ञप्तिमा कदुनाको जाङ्गो कताफको पाँचवटा गाउँमा भएको यस आक्रमणमा ३३ व्यक्तिको मृत्यु भएको जानकारी दिएको छ। सिन्ह्वा-रासस
" /> नाइजेरिया। उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ।नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समुदायबीच आपसमा गोली हानाहान भएको सरकारी समाचार स्रोतले बताएको छ। तर कुन समुदायबीचमा सो हमला भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन।

">