रोकिएन पहिरो: मृत्यु हुनेको संख्या १७८ पुग्यो, ४३ वेपत्ता  <p>काठमाडौं।&nbsp;पछिल्लो चौबिस घण्टामा पहिरोको घटनामा परी २ जनाको मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका-४ मठैराजस्थित एक घर पहिरोले पुरिदा एकै परिवारका आमा र छोराको मृत्यु भएको हो। योसँगै २०७७ वैशाख १ गतेबाट पहिरोबाट ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ।</p> <p>यो वर्ष पहिरोका घटनामा परी ४३ जना वेपत्ता र १४५ जना घाइते भएका छन्। पछिल्लो एक दशकमा पहिरोमा परी सबैभन्दा बढीको मृत्यु यस वर्ष भएको छ।</p> <p>जेठ ३० गते मनसुन सुरु भएयता मात्र पहिरोका घटनामा परी १७६ जनाको मृत्यु, ४३ जना बेपत्ता र १४४ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।</p> <p>प्राधिकरणको तथ्याङ्क अनुसार २०७७ वैशाख १ गते यता विभिन्न विपद्का घटनामा परी २३४ जनाको मृत्यु, ५५ बेपत्ता र ३१२ जना घाईते भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्