सोलुखुम्बु। सोलु खोलामा पानीको बहाव बढेको छ। आज बिहानदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका स्थानीयवासीले बताएका छन्।

सोलुदूधकुण्ड नगरपालिका-२ बेनीको खोला किनारमा २०१९ सालमा निर्माण गरिएको बाँध कटेर पानी बस्तीमा छिरेको बेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए।

शेर्पाका अनुसार बिहानभन्दा अहिले पानीको सतह अत्यधिक छ। मौसम सफा भए पनि खोलामा पानीको बहाव बढ्नुले जोखिम थपिएको उनको भनाइ छ ।

खोलामा पानीको बहाव उच्च भएसँगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए।

“जिल्ला विपद् व्यवस्थापन समितिको टोली आवश्यक तयारीका साथ बसेको छ”, प्रहरी निरीक्षक चौहानले भने, “खोलामा पानीको बहाव घटेको भए पनि स्थलगत निरीक्षणको तयारीमा छौं।”

बाढीका कारण सोलु खोलामा निर्माणाधीन १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरको इन्टेक तथा पावर हाउस क्षेत्रसमेत जोखिममा परेको बताइएको छ। रासस

" /> सोलुखुम्बु। सोलु खोलामा पानीको बहाव बढेको छ। आज बिहानदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका स्थानीयवासीले बताएका छन्।

सोलुदूधकुण्ड नगरपालिका-२ बेनीको खोला किनारमा २०१९ सालमा निर्माण गरिएको बाँध कटेर पानी बस्तीमा छिरेको बेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए।

शेर्पाका अनुसार बिहानभन्दा अहिले पानीको सतह अत्यधिक छ। मौसम सफा भए पनि खोलामा पानीको बहाव बढ्नुले जोखिम थपिएको उनको भनाइ छ ।

खोलामा पानीको बहाव उच्च भएसँगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए।

“जिल्ला विपद् व्यवस्थापन समितिको टोली आवश्यक तयारीका साथ बसेको छ”, प्रहरी निरीक्षक चौहानले भने, “खोलामा पानीको बहाव घटेको भए पनि स्थलगत निरीक्षणको तयारीमा छौं।”

बाढीका कारण सोलु खोलामा निर्माणाधीन १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरको इन्टेक तथा पावर हाउस क्षेत्रसमेत जोखिममा परेको बताइएको छ। रासस

"> सोलु खोलाको बाढी बस्तीमा पस्यो: Dekhapadhi
सोलु खोलाको बाढी बस्तीमा पस्यो
सोलुखुम्बु। सोलु खोलामा पानीको बहाव बढेको छ। आज बिहानदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका स्थानीयवासीले बताएका छन्।

सोलुदूधकुण्ड नगरपालिका-२ बेनीको खोला किनारमा २०१९ सालमा निर्माण गरिएको बाँध कटेर पानी बस्तीमा छिरेको बेनी हाइड्रोपावरका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए।

शेर्पाका अनुसार बिहानभन्दा अहिले पानीको सतह अत्यधिक छ। मौसम सफा भए पनि खोलामा पानीको बहाव बढ्नुले जोखिम थपिएको उनको भनाइ छ ।

खोलामा पानीको बहाव उच्च भएसँगै किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दीप चौहानले जानकारी दिए।

“जिल्ला विपद् व्यवस्थापन समितिको टोली आवश्यक तयारीका साथ बसेको छ”, प्रहरी निरीक्षक चौहानले भने, “खोलामा पानीको बहाव घटेको भए पनि स्थलगत निरीक्षणको तयारीमा छौं।”

बाढीका कारण सोलु खोलामा निर्माणाधीन १९ मेगावाट क्षमताको बेनी हाइड्रोपावरको इन्टेक तथा पावर हाउस क्षेत्रसमेत जोखिममा परेको बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्