आगलागीबाट ४ लाख रुपैयाँ बराबरको क्षति <p>काठमाडौं।&nbsp;सिरहाको गोलबजार नगरपालिका-२ गुरुधामस्थित रमेश यादवको स्टेशनरी पसलमा धूपबाट आगो सल्किएर बिहीबार राति आगलागी हुँदा नर्सरीदेखि कक्षा ८ सम्मका पुस्तकहरु लगायतका सामानहरू&nbsp;जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।</p> <p>सप्तरीको सुरुङ्गा नगरपालिका-१० पटेर्वा बस्ने भिखन पण्डितको घरमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा नगद १५ हजार रुपैयाँ र विभिन्न गहना समेत जलेर करिब ६ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।</p> <p>स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्