८ लाख रुपैयाँ लुटेर फरार <p>धादिङ।&nbsp;गजुरी गाउँपालिका-६ पोखरे खोलास्थित जंगलबाट कास्की पोखरा महानगरपालिका&ndash;१४ बस्ने ३१ वर्षीय विकाश तामाङको ८ लाख रुपैयाँ लुटपाट भएको छ।</p> <p>नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरूले उक्त रकम लुटी फरार भएको बताइएको छ।&nbsp;लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्