जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं। रुपन्देहीको मायादेवी गाउँपालिका-१ खोदखोदिया बस्ने २५ वर्षीय प्रभुदयाल मिश्रलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

मिश्रले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उदयपुरको चौदण्डीगढी नगरपालिका-६ सातधारे बस्ने २५ वर्षीय सुनिल कुँवरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

कुँवरले किशोरीलाई ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्