कक्षा ११ को परीक्षा तत्काल नगर्न बोर्डको निर्देशन
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नगर्न विद्यालयहरूलाई निर्देशन दिएको छ। बोर्डले एक सूचना जारी गर्दै तत्काल परीक्षा सम्बन्धी कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हो।

परीक्षा नियन्त्रक कृष्ण शर्माले अर्को सूचना जारी नभएसम्म परीक्षा सम्बन्धि कुनै पनि गतिविधि नगर्न विद्यालयहरूलाई निर्देशन दिइएको बताए।

“विभिन्न विद्यालयले कक्षा ११ को परीक्षाको तयारी थालेको जानकारी आइरहेको छ। महामारीको जोखिम बढिरहेको बेला परीक्षा नगर्न भनेको हौं,” नियन्त्रक शर्माले भने।

बोर्डले लिँदै आएको कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। सोही आधारमा बोर्डले कार्यविधि बनाउँदैं सोही अनुसार तयारी थाल्न विद्यालयहरूलाई निर्देशन दिइएको थियो।

तर, कोरोना संक्रमितको संख्या बढ्न थालेपछि परीक्षा सम्बन्धित सूचना जारी नभएसम्म कुनै पनि गतिविधि नगर्न भनिएको उनले बताए।

यस वर्षको कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयलले नै लिनेछ। तर, विद्यालय कहिलेबाट खुल्ने भन्नेमा अन्यौल छ। विद्यालय खुलेपछि मात्र परीक्षा गरिने बोर्डले जनाएको छ।

कक्षा १२ को परीक्षा भने बोर्डले नै परस्थिति सामान्य भएपछि लिनेछ। कक्षा १० को परीक्षा भने विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा गरिएको छ। जसको नतिजा केहीदिनमा सार्वजनिक गर्ने तयारी बोर्डले गरेको छ।

प्रतिक्रिया दिनुहोस्