काठमाडौं। दक्षिण एशियाली मुलुक श्रीलंकाको संसदीय निर्वाचनमा गोटब्या रालापक्षले आफ्नो पार्टीको ठूलो जीत भएको घोषणा गरेका छन्।
अब उनका भाइ महिन्दालाई पुनः प्रधानमन्त्री बनाइने अनुमान गरिएको छ, उनले नोभेम्बरदेखि कार्यवाहक भूमिकामा काम गर्दै आएका थिए।
श्रीलंकाको आमचुनावमा राजपक्ष परिवारको श्रीलंका पिपुल्स फ्रन्ट (एसएलपीपी) ले दुईतिहाइ सिटमा जित हासिल गरेको छ। उनको पार्टीको ‘प्रस्तावित संवैधानिक परिवर्तन’ पूरा गर्न सो मत आवश्यक थियो।
पार्टीले कुल २२५ सिटमध्ये १४५ मा जितेको छ। पाँच सिटमा सोही एसएलपीपीको सहयोगी पार्टीले जितेको छ। एसएलपीपीले नौ महीनाअघि सम्पन्न राष्ट्रपति निर्वाचन पनि जितेको थियो। गोटब्याले १८ नोभेम्बरमा राष्ट्रपति पदको शपथ लिएका थिए।
श्रीलंकामा बुधबार निर्वाचन भएको हो। हिजो मतगणना भएको र आज बिहानै नतिजा सार्वजनिक भएको हो। नतिजा घोषणाको केहीअघि नै महिन्दाले ट्वीट गर्दै आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएको लेखेको थिए।
दुई दशकदेखि श्रीलंकाको राजनीतिमा राजपक्ष परिवारको दबदबा रहँदै आएको छ। यो परिवार विवादित पनि छ। महिन्दा यसअघि २००५ र २०१५ मा प्रधानमन्त्री बनिसकेका छन्।
(बीबीसी)
" /> काठमाडौं। दक्षिण एशियाली मुलुक श्रीलंकाको संसदीय निर्वाचनमा गोटब्या रालापक्षले आफ्नो पार्टीको ठूलो जीत भएको घोषणा गरेका छन्।अब उनका भाइ महिन्दालाई पुनः प्रधानमन्त्री बनाइने अनुमान गरिएको छ, उनले नोभेम्बरदेखि कार्यवाहक भूमिकामा काम गर्दै आएका थिए।

">