काभ्रेपलाञ्चोकमा सुरक्षा मापदण्ड नअपनाउने जो कोहीलाई कारवाही गर्ने चेतावनी
काठमाडाैं। काभ्रेपलाञ्चोकमा सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी दिइएको छ। जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड-१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने जनाएका हुन्।

कोरोना भाइरसको उच्च जोखिम बढिरहेको अवस्थामा घर बाहिर मास्क नलगाइ हिँड्डुल गर्ने व्यक्तिलाई पनि दण्ड जरिवाना गर्ने केन्द्र तथा पोष्टको बिहीबारको बैठकले निर्णय गरेको छ।

साथै जिल्लाभित्र होटल, रेष्टुराँमा सामूहिक भोज-पार्टी, सेमिनार वा सामूहिक भेलाजस्ता कार्य गर्न निषेध गर्ने तथा त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कारवाही गरिने पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए। उनले भने, “अब हामी कडाइकासाथ अनुगमन गर्नेर्छौँ, यदि त्यस्तो पाइएमा तत्काल कारवाहीको सिफारिससमेत गर्नेछौँ ।”

गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गर्ने केन्द्र र पोष्टले जनाएको छ।

हाल काभ्रेपलाञ्चोकमा तेस्रो मुलुकबाट फर्किएका तथा काभ्रेपलाञ्चोकमै मजदुरीमा रही पुष्टि भएका ३२ कोरोना भाइरस सङ्क्रमितमध्ये २७ उपचारपछि निको भएर घर फर्किएका छन् भने पाँच सङ्क्रमित आइसोलेसनमा उपचाररत छन्।

यसैबीच सरकारले पछिल्ले समय स्थानीय तहका विद्यालयमा व्यवस्थित क्वारेन्टिन हटाउने निर्णय गरे पनि थप जोखिम बढ्दै गएपछि सोही क्वारेन्टिनमा नै सङ्क्रमितलाई राख्ने निर्णय गरिएको छ।

काभ्रेपलाञ्चोकका स्थानीय तहमा ९० प्रतिशत क्वारेन्टिन विद्यालयमै व्यवस्थित गरिएको छ। तर तेमाल गाउँपालिकाले भने सम्बन्धित वडा कार्यालयको समन्वयमा क्वारेन्टिन विस्थापन गर्ने जनाउँदै आएको छ।

उसले गाउँपालिकामा कार्यरत आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउनेसमेत सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ।

हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा व्यवस्थित ८५१ श्ययाको क्वारेन्टिनमा ९९ पुरुष र १७ महिला बसेका छन्। पोष्टका अनुसार ८५२ पुरुष र १७५ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका छन्।

हालसम्म तेस्रो मुलुकबाट ३८२ काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ। नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो।

रासस

प्रतिक्रिया दिनुहोस्