काठमाडौं। १५ किलो पहेंलो धातु बरामद प्रकरणको छानविन गर्न गठित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ।
समितिले बुझाएको प्रतिवेदनमा प्रकरणमा शंकास्पद भूमिका देखिएको कुनै पनि प्रहरीलाई कारवाही गर्न सिफारिस गरिएको छैन।
“दरबारमार्ग वृत्तका डीएसपी रञ्जन दाहाललाई सरुवा गरिएको छ, र बाँकी दुईजना प्रहरी जवानलाई संगठित अपराधमा मुद्दा चलाइएको छ” ,अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने, “कारवाही भइरहेकाले थप कारवाही आवश्यकता महशुस गरेनौं।”
हाल दरबारमार्ग वृत्तका डीएसपी दाहाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ।
प्रहरी जवानहरू बहादुरसिंह कडायत र एन्जल श्रेष्ठलाई निलम्बन गरी संगठित अपराधअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ठगी गर्ने प्रयोजनले नेपालबाट नक्कली सुन किनेर लाने भनेर आएका निलेश सखिया, विजय पटेल, देवान पटेल र ट्याक्सी चालक सन्दीप गुरुङ पनि पक्राउ परिसकेका छन्।
उनीविरुद्ध पनि प्रहरीले संगठित अपराधअन्तर्गत मुद्दा दर्ता गरी म्याद थप गरिसकेको छ।
गएको १३ साउनमा काठमाडौंको कमलादीस्थित नविल बैंकको छेउबाट १५ किलो पहेंलो धातु बरामद गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको थियो।
तर, घटनास्थल कमलादी नभएर सुन्धारा रहेको अनुसन्धानको क्रममा खुलेको थियो। उक्त प्रहरीमा दरबारमार्ग वृत्तका डीएसपी दाहाल, र प्रहरी जवानद्वयको भूमिका शंकास्पद देखिएपछि महानगरीय प्रहरी कार्यालयले छानविन समिति गठन गरेको थियो।
" /> काठमाडौं। १५ किलो पहेंलो धातु बरामद प्रकरणको छानविन गर्न गठित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ।समितिले बुझाएको प्रतिवेदनमा प्रकरणमा शंकास्पद भूमिका देखिएको कुनै पनि प्रहरीलाई कारवाही गर्न सिफारिस गरिएको छैन।

">