काठमाडौं। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ।

प्रज्ञा-प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान  दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए। 

उनले भने, “टुङ्ना, सारङ्गी, सहनाइ, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ, बिनायोजस्ता मौलिक र परम्परागत नेपाली लोकबाजासम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानको आवश्यकता उक्त पाठ्यसामग्रीले पूरा गर्नेछ।”

राईका अनुसार सो पाठ्यसामग्री विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि लक्षित रहेको छ। पुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाहरूको आर्केष्टा तयार पार्न र देशमा रोजगारी सिर्जना गर्नमा समेत टेवा पुर्‍याउने जनाइएको छ। रासस

" /> काठमाडौं। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ।

प्रज्ञा-प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान  दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए। 

उनले भने, “टुङ्ना, सारङ्गी, सहनाइ, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ, बिनायोजस्ता मौलिक र परम्परागत नेपाली लोकबाजासम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानको आवश्यकता उक्त पाठ्यसामग्रीले पूरा गर्नेछ।”

राईका अनुसार सो पाठ्यसामग्री विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि लक्षित रहेको छ। पुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाहरूको आर्केष्टा तयार पार्न र देशमा रोजगारी सिर्जना गर्नमा समेत टेवा पुर्‍याउने जनाइएको छ। रासस

"> लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै: Dekhapadhi
लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार हुँदै <p style="text-align: justify;">काठमाडौं। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले परम्परागत तथा मौलिक लोकबाजासम्बन्धी पाठ्यसामग्री तयार गर्ने भएको छ।</p> <p style="text-align: justify;">प्रज्ञा-प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले युवापुस्तालाई परम्परागत मौलिक लोकबाजा सम्बन्धी सैद्धान्तिक, परिचयात्मक र व्यावहारिक ज्ञान &nbsp;दिन यही वर्षभित्र पाठ्यसामग्री तयार गरी प्रकाशन गर्ने योजना रहेको बताए।&nbsp;</p> <p style="text-align: justify;">उनले भने, &ldquo;टुङ्ना, सारङ्गी, सहनाइ, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ, बिनायोजस्ता मौलिक र परम्परागत नेपाली लोकबाजासम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानको आवश्यकता उक्त पाठ्यसामग्रीले पूरा गर्नेछ।&rdquo;</p> <p style="text-align: justify;">राईका अनुसार सो पाठ्यसामग्री विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि लक्षित रहेको छ। पुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाहरूको आर्केष्टा तयार पार्न र देशमा रोजगारी सिर्जना गर्नमा समेत टेवा पुर्&zwj;याउने जनाइएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्