चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा युवक पक्राउ
काठमाडौं। हत्या गरी फरार भएका एक जना अभियुक्तलाई खोटाङ प्रहरीले पक्राउ गरेको छ। जिल्लाको केपीलासगढी गाउँपालिका वडा नम्बर-१ फेदीका २७ वर्षीय राकेश राईलाई प्रहरीले पक्राउ गरेको हो।

मङ्गलबार छिमेकी ५६ वर्षीय जबरधन राईलाई सामान्य विवादको क्रममा चिर्पट प्रहार गरी हत्या गरेको राकेशमाथि अभियोग लागेको छ।

रिसपछि आवेशमा आएर राकेशले दाउराको चिर्पट प्रहार गर्दा जबरधन गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्क र इलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो।

पक्राउपछि उनीविरुद्ध कर्तब्य ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्तापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक गोविन्दप्रसाद शाहले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्