रोपिएका बिरुवा संरक्षणका लागि हरित स्वयंसेवक परिचालन
काठमाडाैं। यज्ञडोल (जगडोल) सामुदायिक वन पर्या-पर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले वृक्षरोपण गरिएका स्थानको बिरुवाको संरक्षणका लागि हरित स्वयंसेवक परिचालन शुरु गरेको छ।

सामुदायिक वन दिवस सप्ताहव्यापीरुपमा मनाउने क्रममा नेपाल सरकारद्वारा घोषित राष्ट्रिय शहीद स्मारक गोकर्णको ६५० रोपनी क्षेत्रफलमा रोपिएका बिरुवाको संरक्षणका लागि स्वयंसेवक परिचालन गरिएको समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।

समितिको कार्यविधिअनुसार स्वयंसेवक परिचालन गर्न सात सदस्यीय उपसमितिको गठन पनि गरिएको छ। उपसमितिमा यस क्षेत्रका विद्यालयले गठन गरेको हरियाली बचाउन अभियान हरित आर्मीमा आबद्ध शिक्षक तथा विद्यार्थी, युनेस्को क्लब एवं सङ्घसंस्थाको राष्ट्रिय महासङ्घका प्रतिनिधि सदस्य छन्।

उपसमितिको संयोजकमा गोकर्णेश्वर महादेव अंग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल संयोजक, इष्टपोल माध्यमिक विद्यालयका शिक्षक प्रकाश अधिकारी सहसंयोजक, सविन शर्मा सदस्य सचिव रहेका छन्। यसैगरी डोल्मा चाख्वा, ग्रीन आर्मी र महासङ्घका प्रतिनिध दुई जना सदस्य रहेका जनाइएको छ।

दिवसका अवसर पारेर समितिले १५ दिनदेखि स्मारक क्षेत्र सफाइ गर्दै आएको छ। सफाइमा भौतिक दूरी कायम गरेर विभिन्न विद्यालयका शिक्षक एवं विद्यार्थीसमेत सहभागी हुँदै आएका छन्।

स्मारकको गुरुयोजनाबमोजिम निर्माण गरिएको बौद्ध चैत्यमा आज रुद्राक्षको ५० वटा बिरुवा रोपिएको छ। साताव्यापीरुपमा आयोजना गरिएको वृक्षरोपण कार्यक्रम साउन २४ गतेसम्म जारी रहने जनाइएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्