जापानी कार कम्पनी टोयोटाको चालु वर्षमा ६४.१ प्रतिशत नाफा घट्ने
काठमाडाैं। कोभिड-१९ को विश्वव्यापी महामारीका कारण चालु आर्थिक वर्षमा टोयोटा मोटर कर्पोरेसनबाट बनेका सवारी साधनलगायतका सामग्रीको व्यापारमा कमी आउँदा नाफामा ६४.१ प्रतिशत (६.९२ अर्ब अमेरिकी डलर) ले कमी आउने कम्पनीले बिहीबार बताएको छ। जापानमा नयाँ आर्थिक वर्ष अप्रिलदेखि सुरू हुन्छ।
टोयोटाले भनेको छ, “कम्पनीको खुद नाफा अघिल्लो वर्षको पहिलो त्रैमासिक (अप्रिल-जुन)को तुलनामा यो वर्षको सोही अवधिमा ७४.३ प्रतिशतले कमी आउँदा कम्पनीलाई एक अर्ब ५० करोड अमेरिकी डलर घाटा भएको छ। यद्यपि यो घाटा कम्पनीका विशेषज्ञहरूले महामारीबीच यस पहिले गरेको प्रषेपणभन्दा कम हो।”
जापानको आइची प्रान्तमा रहेको कार तथा अन्य सवारी साधन निर्माण कम्पनी टोयोटाले कम्पनीको परिचालन नाफामा ९८.१ प्रतिशत अर्थात् एक अर्ब ३१ करोड अमेरिकी डलरले गिरावट आएको बताएको छ।
यो तथ्याङ्क कम्पनीको चालु आर्थिक वर्षमा भएको ४३ अर्ब ४१ करोड बराबरको बिक्रीमा आधारित रहेको कम्पनीले बताएको छ।
लोकप्रिय प्रायस हाइब्रिड र कोरोला मोडेलका सवारी साधनमा कम्पनीको अन्तर्राष्ट्रिय बजारमा पहिलो त्रैमासिकमा भएको कारोबारमा ३१.८ प्रतिशतले कमी आउँदा कम्पनीलाई ठूलो घाटा भएको बताइएको छ। आफ्ना उत्पादन बिक्रीमा चिनियाँ बजारमा सुधार आइसकेको पनि कम्पनीले जनाएको छ।
रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्