काठमाडौं। लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग राख्दै नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा गरेको रिले अनशन आज १५औँ दिनसम्म पनि जारी रह्यो। दश महिनादेखि रिक्त पदमा तत्काल पदाधिकारी बहालको माग राख्दै रिले अनशन गरिएको भए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको विद्यार्थी नेता प्रताप बानियाँले बताए।
विश्वविद्यालयमा पदाधिकारी नियुक्ति नगर्दा ४० हजार विद्यार्थीको भविष्य पनि अन्योलमा परेको भन्दै उनले जायज माग सहितको शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरिएको पनि आरोप लगाए। अनशनको लामो समयसम्म पनि मागको सुनुवाइ नभएको भन्दै विद्यार्थीले आज ब्यङ्गात्मक रुपमा कुलपति र सहकुलपतिको तस्बिरमा पुष्पार्पण गर्दै विरोध जनाएका छन्।
पदाधिकारी नियुक्ति नहुँदा विश्वविद्यालयका शैक्षिक गतिविधि प्रभावित बनिरहेको अवस्थामा जायज माग विद्यार्थी अनशनमा रहेको र नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले पनि शिक्षामन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराइसकेको सङ्घका केन्द्रीय महामन्त्री दीपक भट्टराईले बताए।
" /> काठमाडौं। लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार नियुक्तिको माग राख्दै नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा गरेको रिले अनशन आज १५औँ दिनसम्म पनि जारी रह्यो। दश महिनादेखि रिक्त पदमा तत्काल पदाधिकारी बहालको माग राख्दै रिले अनशन गरिएको भए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको विद्यार्थी नेता प्रताप बानियाँले बताए।

">