राजापाक्ष परिवार अझ शक्तिशाली भएर सत्तामा रहने सङ्केत
काठमाडाैं। श्रीलङ्कामा सत्ताधारी राजापाक्ष परिवार अझ शक्तिशाली भएर सत्तामा रहने देखिएको छ।
हालै भएको निर्वाचनमा सत्तारुढ दलले अत्यधिक मत पाएको प्रारम्भिक विवरणहरूले उनीहरू थप शक्तिशाली हुने देखिएको हो।
संसदीय निर्वाचनको नतिजा बिहीबारदेखि सार्वजनिक हुन थालेको छ। प्रारम्भिक नजिता अनुसार प्रधानमन्त्री महेन्दा राजापाक्षको परिवारले झण्डै ७२ प्रतिशत मत प्राप्त गरेर अग्रता लिइरहेको छ। यो विवरण देशको दक्षिणी क्षेत्रको हो।
प्रधानमन्त्री राजापाक्षेका भाइ गोटावाया राजापाक्षले यसअघि गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेका थिए। त्यति बेलादेखि श्रीलङ्कामा भाइ राष्ट्रपति र दाइ प्रधानमन्त्री छन्।
श्रीलङ्कामा राजापाक्षेको परिवारलाई राजनीतिक क्षेत्रमा निकै शक्तिशाली र चर्चित परिवार मानिन्छ। यो परिवारले लामो संघर्ष पनि गरेको इतिहास छ।
गत सन् २०१९ मा भएको मुस्लीम धर्माबलम्वीहरूलाई लक्षित गरेर गराइएको ठूलो विस्फोटनको घटनालाई उनीहरूले राष्ट्रियतासँग जोडेर मतमा गरेकाले उनीहरू थप लोकप्रिय भएको बताइएको छ। सो घटनामा परी २७९ जनाको मृत्यु भएको थियो।
श्रीलङ्कामा दशकौँ चलेको तामिल विद्रोहीसँगको द्वन्द्व अन्त्य गर्न दुवै दाजुभाइको महत्वपूर्ण भूमिका रहेको मानिन्छ। सन् २००९ मा महेन्दाले प्रधानमन्त्रीको रुपमा र गोटावायाले उच्च कर्मचारीको रुपमा भूमिका खेलेका थिए।
प्रारम्भिक नतिजाका अनुसार प्रमुख विपक्षी दल एसजेवीले कुल मतको १३ प्रतिशत मात्रै मत प्राप्त गरेको छ। त्यसैगरी बामपन्थी पार्टी जेजेबीले आठ प्रतिशत र पुर्वप्रधानमन्त्री रनिल विक्रमादित्यको युनाइटेड नेशनल पार्टी (यूएनपी) ले चार प्रतिशत मात्रै मत पाएका छन्।
श्रीलङ्काको संसदमा निर्वाचित हुने कुल २२५ सांसदमध्ये १३० देखि १३५ जनासम्म राजापाक्षको पार्टीका उम्मेदवार निर्वाचित हुने निजी क्षेत्रबाट भएको सर्वेक्षणले देखाएको छ।
संविधान नै परिवर्तन गर्न मिल्नेगरी दुई तिहाइ बहुमत आउने सर्वेक्षणकर्ता तथा विश्लेषकहरुले बताएका छन्।
“हामीले संसदमा निर्वाचनबाट दुई तिहाइ सांसदहरुलाई निर्वाचित गराएर ल्याउछौँ भन्नेमा हामी ढुक्क छौँ,” प्रधानमन्त्री राजापाक्षेले बुधबार भनेका थिए।
श्रीलङ्काले अत्यन्त आर्थिक चुनौती भोगिरहेकाले नयाँ संसद र त्यसपछि बन्ने नयाँ सरकारले त्यसको मुख्य सामना गर्नु पर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्