काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दु र मुस्लिमबीच सयौं वर्षदेखि विवाद रहँदै आएको अयोध्यामा हिजो एक भव्य कार्यक्रमका बीच राम मन्दिरको शिलान्यास गरेका छन्।
श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको अगुवाईमा बन्न लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रुपमा मोदी पुग्दा त्यहीँ उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी पनि उपस्थित थिए।
शिलान्यासस्थल पुग्नुअघि हनुमानगढीमा पुगेर पुजापाठ गरेका मोदीले राम मन्दिर शिलान्यासको दिन पूरा भारत भावुक भएको बताएका थिए।
“आज पूरा देश रोमाञ्चित छ। सयौं वर्षदेखिको प्रतिक्षा आज समाप्त भइरहेको छ,” मोदीले भनेका थिए, “आज श्रीरामको जयजयाकार सिया–रामको यो धर्तीमामात्र नभई पूरा विश्वमा गुञ्जिइरहेको छ। सबै देशवासीसँगै विश्वभर रहेका रामभक्तहरुलाई आजको यो सुअवसरमा कोटी–कोटी बधाई।”
राम मन्दिर शिलान्यासलाई ठूलो सफलताका रुपमा व्याख्या गरेका उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले आगामी दिन मस्जिदको शिलान्यासमा भने आफू नजाने विवादास्पद प्रतिक्रिया दिएका छन्।
“मेरो जे काम छ, त्यो म गर्छु। बाँकी मलाई मतलब छैन। त्यहाँ (मस्जिदको शिलान्यास कार्यक्रम) मलाई न बोलाइन्छ, न म जान्छु नै।”
नवभारत टाइम्सले आदित्यनाथलाई उधृत गर्दै लेखेको छ, “मेरो जे काम छ, त्यो म गर्छु। बाँकी मलाई मतलब छैन। त्यहाँ (मस्जिदको शिलान्यास कार्यक्रम) मलाई न बोलाइन्छ, न म जान्छु नै।”
लामो समयदेखि जमिनको स्वामित्वको विषयमा हिन्दु र मुस्लिमबीच विवाद चलिरहेको थियो। तर गतवर्ष नोभेम्बरमा सर्वोच्च अदालतले उक्त जमिनमाथि हिन्दूको अधिकार रहेको भन्दै राम मन्दिर बनाउने अनुमति दिएको थियो। साथै अदालतले अयोध्यामै मस्जिद बनाउनका लागि पाँच एकड जमिन उपलब्ध गराउन प्रशासनलाई आदेश दिएको थियो।
१९९२ मा बाबरी मस्जिद भत्काइएको थियो। त्यसयता भारतका विभिन्न स्थानमा साम्प्रदायिक हिंसाका थुप्रै घटना भएका छन्। यस्ता साम्प्रदायिक हिंसाका घटनामा २ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
हिन्दूहरुले रामको जन्मभूमिमा राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको आरोप लगाउँदै आएका छन् भने मुस्लिमहरुले भने बाबरी मस्जिद त्यहाँ परापूर्वकालदेखि नै रहेको दाबी गर्दै आएका छन्।
भगवान रामको जन्मस्थानका विषयमा विभिन्न विवादास्पद तथ्यहरु सार्वजनिक भइरहेका बेला अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदा हिन्दूहरुमा खुसीयालीको माहोल छाए पनि विरोधका मसिना स्वरहरु पनि आएका थिए।
भारतीय लोकसभाका सांसद एवं अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमिनका प्रमूख असदुद्दिन ओबैसीले ‘बाबरी मस्जिद थियो र रहन्छ’ भन्दै भाजपा नेतृत्वको हिन्दू अतिवादी सरकारको कदममाथि मसिनो स्वरमा विरोध जनाएका छन्।
यसैगरी मंगलबार अल इन्डिया मुस्लिम पर्सनल ला बोर्डले विज्ञप्ति जारी गर्दै राम मन्दिर शिलान्यासको विरोध गरेको थियो।