तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ <p>काठमाडौं । बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुर बजारस्थित घनबहादुर शाहीको पसलमा तास खेलिरहेको अवस्थामा शाहीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>शाही बाहेक पक्राउ परेका अरुको पहिचान प्रहरीले खुलाएको छैन। पसलमा तास खेलिरहेको भन्ने खबरका आधारमा वडा प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।</p> <p>उनीहरूको साथबाट ताससहित ४५ हजार रूपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्