काठमाडौं। सात वर्षीया रितिका लामालाई बिहानको निन्द्रा खुब प्यारो लाग्छ। तर प्यारो लागेका हरेक चिज जीवनमा कहाँ पाइन्छ र? बाधा अवरोध नै त जीवनको साश्वत सत्य हो।
रितिकासँग पनि प्यारो निन्द्रालाई कहिल्यै पूरा हुन नदिने एउटा शत्रु छ, “गरिबी”। “सुतिरहेकै बेला ममीले सब्जी बेच्न बिहानै उठाउनुहुन्छ,” उनी निराश हुँदै भन्छिन्, “बिहान निन्द्रा पुग्दैन, अनि म त तरकारी बेचिसकेर दिउँसो फेरि सुत्छु।”

हरेक दिन बिहान ७ बज्न नपाउँदै कान्छी बहिनी रितिका र दिदी रेबिका घण्टाघर पुगिसकेका हुन्छन्। घण्टाघर पुग्गा नपुग्दै उनीहरुलाई सामान फिजाएर बेच्न हतार हुन्छ। एउटी भुइँ सफा गर्न थाल्छिन्, अर्कीलाई टुक्रे तन्ना फिजाउन हतारो हुन्छ। हतार-हतार काम नगरे बिहानका ग्राहक छुट्ने डर हुन्छ। यसैगरी बिहान ६ देखि १० र साँझ ४ देखि ७ बजेसम्म उनीहरुको समय त्रिचन्द्र कलेजको गेट अघि नै बित्ने गर्छ।
कहिले ठूली त कहिले सानी बहिनीले पालो फेर्दै सामान बेच्ने गर्छन्। कान्छी बहिनी भावुक छिन्। सानी भएकाले अलि डराउँछिन् पनि। भन्छिन्, “मलाई दिदी नहुँदा, एक्लै बसेर सामान बेच्न धेरै डर लाग्थ्यो। तर अब त बानी परिसक्यो।”
उनीहरुले यसरी तरकारी बेच्न थालेको वर्ष दिन पूरा भइसकेको छ। “घर धान्न बुबाको चौकीदारी पर्याप्त नभएपछि छोरीहरुले तरकारी बेचेर सघाउन थाले,” आमा आस्था लामा भन्छिन्, “सुगर र प्रेसरको रोग त थियो नै। त्यसमाथि आँखाको समस्याले राम्रोसँग देख्दिनँ। त्यसैले छोरीहरुलाई राखेकी हुँ।”
सुरुआती दिनहरुमा दुई दिदीबहिनी सब्जीका प्रकारहरु समेत ठम्याउन सक्दैनथे। तर, वर्ष दिनको अनुभवले उनीहरुलाई खाँटी व्यापारी बनाइसकेको छ। तरकारी चिन्नु अब उनीहरुको समस्या रहेन। बरु मोलमाेलाई गर्नसमेत पोख्त भइसकेका छन्।
व्यापार पैसासँगको सम्बन्धमा मात्र गाँसिएको छैन। आवश्यकताप्रेरित व्यवसायले यी कलिला नानीहरु पैसाको महत्त्वसँग पनि राम्ररी परिचित भएका छन्। “तर ‘मनी माइन्डेड’ चाँहि होइन है,” रेबिकाले भनिन्।

त्यसैले त साँझ-बिहान फुटपाथमा तरकारी बेचिरहँदा उनीहरुको हातमा कापीकलम कहिल्यै छुट्दैन। धेरै काम गर्यो भने पैसा हुन्छ र सुख मिल्छ भन्ने उनीहरुले बुझेका छन्। तर, अहिलेकै तरकारी व्यापारबाट जीवन नचल्ने ज्ञान पनि उनीहरुलाई मिलिसकेको छ।
दिनभरी घामपानी केही नभनि तरकारी बेच्दा पनि धेरैमा सय रुपैयाँ कमाएको अनुभवले सानै उमेरमा लामा दिदीबहिनीलाई धेरैथोक सिकाइसकेको छ। चाहेर पनि ठूलो लगानीको व्यवसाय गर्न सक्ने अवस्थामा छैनन्, उनीहरु।
यद्यपि, रितिका ठूली नभएसम्म यही काम गर्ने योजनामा छिन्। व्यापार सय रुपैयाँको भए पनि उनीहरुले सपना भने करोडौँको देखेका छन्। सपना देख्न पाउनु उनीहरुको अधिकार हो। अभाव र गरिबीले वर्तमानमा दिएको संघर्षपूर्ण जीवन पनि सपना देख्ने उनीहरुको कल्पनाशिलतामाथि बाधक बन्न सकेको छैन। अनि सुखद् भविष्यका लागि आशावादी हुने प्राकृतिक अधिकारलाई छेक्न सकेको छैन।

“म त जसरी हुन्छ भविष्यमा डाक्टर नै बन्छु। अनि ममी-बाबालाई ठूलो घरमा राख्छु,” रितिकाले सपना सुनाइन्।
राष्ट्रकवि माघवप्रसाद घिमिरेकाे भनाइसँग मिल्दाे छ- लामा दिदीबहिनीको कथा।
'सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल, ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल’ राष्ट्रकवि घिमिरेले लेखेका यी पंक्तिलाई सात वर्षकी रितिकाले प्रमाणित गरेकी छिन्।
सडकपेटीमै पढेर उनले १०० पूर्णाङ्कको विज्ञान विषयमा सधैँ ९८ भन्दा माथि ल्याउने गरेकी छन्। १३ वर्षीया दिदी रेबिकाले केही चलचित्रमा अभिनय क्षमता देखाइसकेकी छन्। कलाकारिताको विशेष क्षमता र रूचि भएकी उनले ‘फूलै फूलको मौसम तिमीलाई’ चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गरेकी छन्।
“मैले फुल बेच्ने केटीको रोल गरेकी थिएँ। मलाई राम्रो ठाउँमा डान्स सिकेर अझै राम्रो गर्ने मन छ,” रेबिका भन्छिन्।
घर-आँगनमा नाँच्दै खेल्दै हुर्कनुपर्ने उमेरका छोरीहरुलाई साँझ-बिहान सडक किनारमा तरकारी बेच्न पठाउनुपर्दाको पीडा लामा दम्पतीमा छ। अझ छोरीहरु यदाकदा ठट्टाको पात्र बनेको सुन्नुपर्दा भने आमा आस्थाको मन नराम्ररी कुँडिन्छ। “कुनै पनि काम कहिल्यै सानो-ठूलो हुँदैन। तर छोरीका साथीहरुले जिस्क्याउँदा रहेछन्। त्यो सुन्दा साह्रै चित्त दुख्छ,” आमा आस्था लाचार हुन्छिन्, “छोरीहरुको पढाइ राम्रो छ। तर उनीहरुको सपना पूरा गर्न हामीसँग हैसियत छैन।”
लाचार आमाका पीडा सहन नसकेर उनले आखाँभरि आँशु पारिन्। ग्वाम्ल्वाङ्ग आमालाई अङ्गालो हाल्दै आत्मबल दिइन्, “हामीले चोरेको छैन। आफ्नै काम गरेका हौँ। बुबा-आमालाई सहयोग गर्न पाउँदा हामी त खुसी छौँ।”
आमा भावुक भइरहँदा जेठी छोरी रेबिकालाई मन सम्हाल्न कठिन हुन्छ। अनि त देखापढीसँग कुराकानी चलिरहँदा लाचार आमाका पीडा सहन नसकेर उनले आखाँभरि आँशु पारिन्। ग्वाम्ल्वाङ्ग आमालाई अङ्गालो हाल्दै आत्मबल दिइन्, “हामीले चोरेको छैन। आफ्नै काम गरेका हौँ। बुबा-आमालाई सहयोग गर्न पाउँदा हामी त खुसी छौँ।”
खेल्ने-कुद्ने उमेरका स-साना नानीहरुको सुझबुझ र मिहेनतबाट वरिपरिका त्यस्तै साना व्यापारीहरु पनि प्रभावित छन्। सडकपेटीमै चिया पसल गर्ने २९ वर्षीय उमेश लामा भन्छन्, “उनीहरु ठूलो मान्छेजस्तै व्यावहारिक छन्। पैसा पनि धेरै खर्च गरेको देख्दिनँ। भविष्यमा ठूलो मान्छे बनेको हेर्ने मन छ।”
" /> काठमाडौं। सात वर्षीया रितिका लामालाई बिहानको निन्द्रा खुब प्यारो लाग्छ। तर प्यारो लागेका हरेक चिज जीवनमा कहाँ पाइन्छ र? बाधा अवरोध नै त जीवनको साश्वत सत्य हो।रितिकासँग पनि प्यारो निन्द्रालाई कहिल्यै पूरा हुन नदिने एउटा शत्रु छ, “गरिबी”। “सुतिरहेकै बेला ममीले सब्जी बेच्न बिहानै उठाउनुहुन्छ,” उनी निराश हुँदै भन्छिन्, “बिहान निन्द्रा पुग्दैन, अनि म त तरकारी बेचिसकेर दिउँसो फेरि सुत्छु।”

">