पोखरामा एक मृत फेला  <p>काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-२७ खरानेफाँटस्थित खेतमा देवबहादुर विक मृत अवस्थामा फेला परेका छन्।</p> <p>सोही महानगरपालिकाको वडा नम्बर-२६ राखीडाँडा बस्ने ६० वर्षीय विक बिहीबार मृत अवस्थामा फेला परेका हुन्।</p> <p>यस्तै, रसुवाको कालिका गाउँपालिका-५ कटरे ढुङगास्थित गोरेटो बाटोमा पनि&nbsp;सोही गाउँपालिका-१ ग्राङ बस्ने ४८ वर्षीय नोर्बु तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्