लागूऔषधसहित युवक पक्राउ <p>काठमाडौं। झापाको बाह्रदशी गाउँपालिका-३ स्थित बस बिसौनीबाट १३ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>सोही स्थानका २७ वर्षीय मिलन भुजेललाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।</p> <p>इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्