लुकाई छिपाई ल्याउँदै गरेको युरिया मल बरामद

बारा। बिश्रामपुर गाउँपालिका-२ कान्तिपुर टोलबाट लुकाएर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २० बोरा युरिया मल प्रहरीले बरामद गरेको छ।

विशेष सूचनाको आधारमा सीमा प्रहरी चौकी छतवा र प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले उक्त मल नियन्त्रणमा लिएको हो।

नियन्त्रयणमा लिइएको मल कार्यालयतर्फ ल्याउने क्रममा स्थानीयले अवरोध गरी जिल्ला प्रहरी कार्यालयको गाडीमा ढुङ्गामुढा गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ।

ढुङ्गा हान्ने एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्