फ्रान्सका राष्ट्रपति म्याक्रोन लेबनान प्रस्थान
<p>काठमाडाैं। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन लेबनान प्रस्थान गरेका छन्। मंगलबार लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली र विनाशकारी विस्फोटपछि सहायतका लागि म्याक्रोन बिहीबार प्रस्थान गरेका हुन्।</p>
<p>म्याक्रोनले विगतमा फ्रान्सको संरक्षणमा रहेको लेबनानका सबै राजनीतिक अगुवालाई भेट्ने राष्ट्रपति कार्यालयले बताएको छ। </p>
<p>मंगलबार दिउँसो भएको विस्फोटमा परी हालसम्म मृत्यु हुनेको संख्या १३५ पुगेको छ भने ५ हजार भन्दाबढी घाइते भएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
