सवारी दुर्घटनामा तीन जनाको मृत्यु
भक्तपुरको भक्तपुर नगरपालिका-१० स्थित चाँगुनारायण सडकमा प्रदेश ३-०२-०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सोही नगरपालिका-२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको छ।
स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी सुवालको भक्तपुर अस्पतालमा प्राथमिक उपचार पछि ट्रमा सेन्टर हुँदै न्यूरो अस्पताल बाँसबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो।
स्कुटर चालक भक्तपुर चागुँनारायण नगरपालिका-६ छालिङ बस्ने २२ वर्षीय आशिष कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका-२५ अमृत चोकमा बुधबार दिउँसो ना.४ ख ७३६७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ६५ वर्षीय लक्ष्मण महतोको घटनास्थलमै मृत्यु भएको छ। ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहटको परोहा नगरपालिका-६ भेडियाहीस्थित सडकमा बीआर.०५भी-८५९५ नम्बरको भारतीय मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएर बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका बसनपट्टी बस्ने ४० वर्षीया सोभिता कुमारी पटेलको मृत्यु भएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी पटेलको स्थानिय मेडिकल कोप्वामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्