हेडक्‍वाटरका थप १० प्रहरीमा देखियो कोरोना <p>काठमाडौं। काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयका थप १० प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p> <p>&ldquo;बुधबारसम्म प्रहरी प्रधान कार्यालयका ७५ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो,&rdquo; प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले भने, &ldquo;आज त्यो संख्या बढेर ८५ पुगेको छ।&rdquo;</p> <p>काठमाडौं उपत्यकामा बुधबार मात्र १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।</p> <p>देशभर संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि आजबाट पुन:&nbsp;यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्