करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु
<p>महोत्तरी। सम्सी गाउँपालिका-५ पोखरभिण्डा बस्ने कपिल देब यादबको छोरा १३ वर्षीय नितेश यादवको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।</p>
<p>कपिलदेबकै कुखुरा फर्ममा जंगली जनावरको लागि राखेको करेन्टको पासोमा परी करेन्ट लाग्दा गम्भीर घाइते भएका नितेशको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p>
<p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
